मादीः संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा जारी प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित महिला फुटबल प्रतियोगिताको फाइनल खेल अत्यधिक वर्षाका कारण स्थगित भएको छ ।

अस्तिदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण खेलमैदानको अवस्था प्रतिकूल बनेपछि निर्धारित समयमा हुन नसकेको फाइनल खेल आज दिउँसो १२ बजेसम्मका लागि सारिएको हो ।

आयोजकका अनुसार आज दिउँसो १२ बजेदेखि तेह्रथुमको फेदाप गाउँपालिका र ललितपुरको सातदोबाटो युथ क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

वर्षाका कारण संखुवासभाकै खाँदबारीमा आजदेखि शुरु हुने भनिएको गोल्डकप पनि दुई दिन पछि शुरु हुने भएको छ ।