काठमाडौंः अर्नव चक्रवातका कारण भएको वर्षापछि आज दिउँसोको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको खेल हुन नसकी दुवै टिमले समान एकएक अंक बाँडे । 


अहिले साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच हुने खेल शुरु गर्न मैदान सुकाउने काम भइरहेको छ । खेल स्थगितको सूचना नआएकाले दर्शकहरु हिलाम्य बाटोमा सास्ती बेहोर्दै खेल हेर्न गइरहेका छन् । 


आज दिउँसो १२ बजे तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाले रद्द भएको थियो ।