इटहरी । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा आज आइतबार साँझ ५ बजे त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतियोगिता हुने भएको छ । 

जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससँग हारे पनि  दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराएको थियो । 

पोखरा एभेन्जर्सले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो । 

हिजोका दुई खेलमध्ये पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टिमले अंक बाँडेका थिए । राति भएको अर्काे खेलमा विराटनगर किंग्सले सुदूर पश्चिम रोयल्सलाई पराजित गरेको थियो ।