इटहरी । आज नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा १७५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ३ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

















