इटहरी । दशैं बिदापछिको पहिलो साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ । दशैं अघि २६३४.१७ विन्दुमा बन्द भएको नेप्से, गत साता २.१३ प्रतिशत अर्थात् ५५.९८ अंक बढेर २६९०.१५ विन्दुमा बन्द भएको हो ।
गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमा तीन कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने दुई कारोबार दिन सामान्य अंक घटेको थियो ।


















