विराटचोकः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज सुन प्रतितोला ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ ।


















