इटहरी ।  आज पनि शेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५० कम्पनीको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

सबै समूहमा हरियाली छाउँदा अन्य समूह सर्वाधिक अर्थात् २.४५ प्रतिशतले बढेको छ । बैंकिङ समूह २.२८ प्रतिशत, विकास बैंक समूह १.५५ प्रतिशत, फाइनान्स समूह १.६९ प्रतिशत, होटल तथा पर्यटन समूह २.०५ प्रतिशत बढेको छ । अन्य समूह १ प्रतिशतभन्दा कम बढेका छन् ।

आज पनि बेनी हाइड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत, एनआइसी एशिया बैंकको ४.६९ प्रतिशत, कालिञ्चोक हाइड्रोपावरको ४.४१ प्रतिशत शेयरमूल्य बढेको छ ।

सूचक बढे पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरभाउ आज सर्वाधिक अर्थात् ३.६५ प्रतिशतले घटेको छ । चिरख्वा हाइड्रोको ३.१४ प्रतिशत, सनराईज ब्लुचिप फण्डको २.८२ प्रतिशत, एचएलआई लार्ज क्याप फण्डको २.७९ प्रतिशत, आरबीसीएलको २.७३ प्रतिशत, आरबीबीएल डिबेञ्चरको २.६७ प्रतिशत मूल्य घटेको छ ।

साढे ८ अर्ब रुपैयाँको कारोबार हुँदा सबैभन्दा धेरै ३५ करोड ६१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रीन भेञ्चर्स लिमिटेड उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।