इटहरी ।  जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कप्तानी र खेलाडी परिवर्तन गरे पनि जीत निकाल्न सकेको छैन । हिजो भएको खेला चितवन राइनोजसँग ३० रनले पराजित हुँदै लगातार चौथो हार पोखराले बेहोरेको छ । 

चितवनले ६ विकेट गुमाएर १५१ रन बनाउँदा सिकन्दर राजाले १६ बलमा ३७ रन र रवि बोपाराले ३५ रन जोडेका थिए । 

१५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भएको थियो । अर्जुन कुमालले ४५ रन बनाए पनि अरु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा पोखरा पराजित भएको थियो । 

यो जीतसँगै चितवन अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एनपीएलका अघिल्ला दुई संस्करणमा पनि प्लेअफ पुग्न नसकेको पोखराका लागि यस पटकको प्रतियोगिता पनि पूर्ववत् हुने सम्भावना बढेको छ ।