इटहरी । बुधबार साँझ लोकप्रिय नेपाली ब्यान्ड नेपथ्यको साङ्गीतिक प्रस्तुतिमा इटहरी झुमेको छ । इटहरीस्थित रङ्गशालामा आयोजित नेपथ्यको कन्सर्टमा हजारौं दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।

सो ब्यान्डका मुख्य गायक अमृत गुरुङको जोसिलो स्वर, लोकप्रिय गीत र देशप्रेमले भरिएका अभिव्यक्तिले दर्शकलाई साङ्गीतिक आनन्दसँगै गम्भीर सन्देश पनि दिएका थिए । कन्सर्टमा नेपथ्यले करिब एक दर्जन गीत प्रस्तुत गरेको थियो । अमृत गुरुङको सशक्त गायनमा दर्शकहरू मग्न देखिन्थे ।

कन्सर्टको आयोजना पूर्वाञ्चल इभेन्ट्सले गरेको थियो ।