इटहरी । राजकीय भ्रमणका लागि आइतबार भारत गएका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।

कुनै देशका प्रधानमन्त्री अर्को मुलुकको औपचारिक भ्रमणमा जाँदा विमानस्थलमा स्वागत गर्न को पुग्छ भन्ने विषयले कूटनीतिक अर्थ राख्छ।

स्वागत गर्न आउने पदाधिकारीको तहले दुई देशबीचको सम्बन्ध र भ्रमणलाई दिइएको राजनीतिक महत्त्वको संकेत गर्न सक्छ। त्यसैले विदेशी प्रधानमन्त्रीलाई स्वागत गर्न सरकारको कुन तहका पदाधिकारी खटाइन्छन् भन्ने विषयमा चासो हुन्छ।

विगतमा नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री आफै विमानस्थल पुगेका उदाहरण पनि छन्। कहिले विदेशमन्त्री र गृहमन्त्री पुगेका छन्।

धेरैजसो भ्रमणमा भने राज्यमन्त्रीले नै स्वागत गरेका छन्। एकपटक त मन्त्री नै नपुगी विदेश मन्त्रालयका उच्च अधिकारीले मात्र स्वागत गरेको उदाहरण पनि छ।