इटहरी । आज पनि नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । आज सुन प्रतितोला दुई हजार ८०० रुपैयाँ र चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
आजको बजारमा चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।


















