All Posts By इटहरी खबर संवाददाता

    Showing १,१७१-१,१८० of ३,०८७ items.
  • चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु

     असोज  १८— चितवन राष्ट्रिय निकुञ्जको गोविन्दे नामक जंगली हात्तीको आक्रमणमा परी एक माउतेको मृत्यु भएको छ। सर्लाही जिल्ला, हरिपुर नगरपालिका-६ का ३४ वर्षीय जग्दु सिंहको बिहीबार साँझ करिब ७ बजे निकुञ्जमा हात्तीको आक्रमणबाट ज्यान गएको हो।सिंह सौराहाबाट सामान किनेर खोरसोर फर्किंदै गर्दा घटना भएको बताइएको छ। उनी सँगै अर्का एक कर्मचारी पनि थिए, तर उनी भाग्न सफल भएका छन्। निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुन मगरका अनुसार, गोविन्दे हात्तीले पुल नजिकै सिमलको रुखमा लुकेर बसेको अवस्थामा उनीहरूमाथि आक्रमण गरेको थियो।सिंह पछुवा पदमा कार्यरत थिए र पछिल्लो समय कतार पठाउन तयारी गरिरहेको हात्ती खगेन्द

    • प्रकाशित मितिः असोज १८, २०८१
    • २५० पटक पढिएको
  • बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो

    बागलुङ । दसैँको पहिलो दिन  घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए । सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजन पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि मन्दिरमा भीड लागेको थियो । ‘मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन प–यो भनेर आयौँ, कालिकामा पूजा गरेपछि मनमा शान्ति मिल्छ’, पोखराबाट आएका पोषण शर्माले भने, ‘बागलुङ कालिका हाम्रो आस्थ

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ३२९ पटक पढिएको
  • हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु

    एजेन्सी । लेबनानमा हिजबुल्लाहविरुद्धको जमिनी लडाई लड्न गएका आठ इजरायली सेनाको मृत्यु भएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सात सैनिक मारिएको जनाएको छ । इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ ।यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन एथान यित्जाकको रूपमा खुलासा गरिएको थियो । कप्तान एथान २२ वर्षका थिए । क्याप्टेन एथान लेबनानमा भूमिगत कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए । कप्तान एथान इगोज युनिटको टोली कमाण्डर थिए । जुन एक एलिट

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ३५९ पटक पढिएको
  • विपदमा परेका १७ हजार बढीको सकुशल उद्धार

    काठमाडौं । गृह मन्त्रालयले मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपदमा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धार गरिएको बताएको छ । विपदमा खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७ हजार हजार १ सय २० जनाको सकुशल  उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले बताए ।उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजी कार्य जारी रहेको जानकारी दिँदै विपद्का घटनामा परी मुलुकभर घाइते भएका १ सय ६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध मिलाइएको बताए । ‘घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २५९ पटक पढिएको
  • नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

    काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । ‘यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, ‘हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नेछौ ।’ नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरीय वैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधि मण्डलबीच बुधबार कतारको राजधान

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २०४ पटक पढिएको
  • झापामा वनबाट घाँस काटेर फर्किदै गरेका गुरुङ हात्तीको आक्रमणमा परे

    झापा । हात्तीको आक्रमणबाट  झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । ‘जङ्गली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौं । खबर पाउना साथ प्रहरी टोली घटनास्थल पुगेको हो’, सूचना अधिकारी चन्दले भने, ‘घटनास्थलमा प्रहरी परिचालन गरी सुरक

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ३७२ पटक पढिएको
  • ‘हनि ट्रयाप’ मा पारी अपहरण , पाँच लाख फिराैती लिएर हत्या : २२ वर्षीया युवती सहित ५ जना पक्राउ

    भक्तपुर । भक्तपुरबाट एक व्यक्तिको अपहरणपछि हत्या गरिएको छ । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पाँचखाल नगरपालिका–८ को ४९ किलोमा एक पुरूषको शव फेला परेको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी नगरपालिका–९ बस्ने २१ वर्षीया मनिषा महत, शंखरापुर नगरपालिका–५ बस्ने २२ वर्षीया सरिन घिमिरे, महोत्तरी घर भई भक्तपुरको कौशलटार बस्ने २० वर्षीय आशिष पासवान, शंखरापुर नगरपालिका–५ बस्ने २१ वर्षीय रिकेश पौडेल र बागलुङ घर भई कोटेश्वर बस

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २७९ पटक पढिएको
  • घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रिकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ ।प्राधिकरणले भनेको छ, ‘देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७–३० (घटस्थापनादेखि पूर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पूर्ण  विमानस्थलहरु  विहान ४ः३० बजेदेखि राति १२ः०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ ।’

    • प्रकाशित मितिः असोज १७, २०८१
    • १६५ पटक पढिएको
  • लेबनानको राजधानी बेरुतमा इजरायलको भीषण आक्रमण

    एजेन्सी । इजरायलले लेबनानको राजधानी बेरूतमा भीषण आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलले बेरुतमा आक्रमण गरेको हो । यो पछिल्लो ठूलो आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । बेरूतको दक्षिणी दहियाहमा हिजबुल्लाहोक किल्ला रहेको ठाउँमा हवाई आक्रमण गरेको इजराइली डिफेन्स फोर्सको दाबी छ । आक्रमणमा ७ जनाको मृत्यु भएको छ । मारिनेहरू हिजबुल्लाहका लडाकु हुन् कि सर्वसाधारण हुन् भन्ने खुलेको छैन । समाचार संस्था सिएनएनका अनुसार बेरूतमा इसराइलले १८ वर्षपछि हवाई आक्रमण गरेको हो ।इजराइलले हिजबुल्लाहका अखाडा रहेको बताउँदै  ले

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ३१३ पटक पढिएको
  • बाढी–पहिरोमा परी सेनाका एक अधिकृतसहित तीन सुरक्षाकर्मीको निधन

    काठमाडौं । केही दिनअघि परेको अविरल वर्षासँगैको बाढी पहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ मा पहिरोले पुरिएकाको उद्धारका क्रममा केही दिनअघि निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।यसैगरी अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका–१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ रहेको अवस्थामा ज्यान गएको जनाइएको छ । वतन नखुलेका एक जना भूपू हवल्दारको समेत बाढीपहिरोमा परी निधन भएको जानकारी

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ३८९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल