विराटनगरः जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलका अनुसार कर्मचारीको एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम गरी उक्त सहयोग गरिएको हो ।

मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले कोशी, मधेस र बागमती प्रदेशका ३१ जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।