इटहरी । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ८ लाख ६३ हजार २ सय कित्ता शेयर बिक्री गर्ने भएको छ ।
सो कम्पनीले २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट २ प्रतिशतले हुन आउने २० हजार ८ सय कित्ता शेयर कर्मचारीहरुलाई, ५ प्रतिशतले हुन आउने ५२ हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि तथा १० प्रतिशतले हुन आउने १ लाख ४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि र जारीपूँजीको १० प्रतिशत अर्थात १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी तथा बाँडफाँट भइसकेको छ ।
बाँकी कित्ता सर्वसाधारणलाई बेच्न लागिएका हो । सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा भदौ २५ र ढिलोमा असोज ५ गते रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


















