ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार बागमती नदीमा आएको बाढीका कारण वागमती करिडोर अहिले पनि हिलाम्मे छ । शनिवार बिहानसम्म बाढी वागमती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ ।सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण बागमती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । बागमती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् ।वैकल्पिक यात्रा गर्ने वाग्मती करिडोर हिलाम्मे अवस्था
काठमाडौं । चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले आज (बुधबार) सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो ।गत वर्षको तुलनामा यस वर्ष उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिको सुधारमा टेवा दिने प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकले गत आर्थिक वर्ष(सन् २०२४) को ३.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष(सन् २०२६) मा भने ५.
सिरहा । ग्राहकको स्वास्थ्यमाथि पटक–पटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले रु २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो ।उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौं मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेलापरेको छभने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखे
इटहरी । सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ। यता चाँदीको मूल्य पनि २० रुपैयाँले ओरालो लागेको महासंघले जनाएको छ। आज चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ६४३ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
एजेन्सी । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गए राति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ । पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना गरिएको बताइएको छ ।त्यस्तै केही भारतीय मिडियाहरूले भने रजनीकान्तको मुटुसम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् । रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता पटक–पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो ।
सप्तरी । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ । अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ ।वर्षा हुुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटान समेत हुने गरेको छ । स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजव
काठमाडौं । केही दिनअघिको अविरल वर्षापछि आएको बाढी–पहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडक यात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ ।धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ । पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेंसीसम्म सञ्चालनमा रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला सवारीसाधन
काठमाडौं । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी–पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो ।मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमवार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकार
काठमाडौं । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । बाढी–पहिरोका कारण सडक बिग्रिएको र टिकट काटेको समयमा गाडी उपलब्ध गराउन नसक्ने देखिएपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ रोक्ने तयारी गरेका हुन् । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विपद्का कारण बस सञ्चालन हुन सक्ने अवस्था नदेखिएकाले बुकिङ बन्द गर्ने तयारी भएको जानकारी दिए । ‘चार दिनअघिका गाडी हिजो काठमाडौँबाट छुटेका छन् । गाडी बाटोमै अलपत्र छन् । काठमाडौंदेखि नै
काठमाडौं । नेपाली सेनाले बाढी–पहिरो, डुबानलगायत प्राकृतिक विपदमा परेका ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभे्रपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी आज बेलुकीसम्म सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।‘बिपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र परेका पाँच सय ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घाइतेलाई अस्पतालसम्म पुर्याइएको छ’, प्रवक्ता तिवारीले भने, ‘निजी हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ ।