All Posts By इटहरी खबर संवाददाता

    Showing १,२५१-१,२६० of ३,०८७ items.
  • बस्ती छिरेको हात्ती धपाउन जाँदा ५० वर्षीय पुरुषकाे मृत्यु

    कञ्चनपुर । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।लालझाडी गाउँपालिका-४ डाडाजाइँका ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार बस्ती पसेको जंगली हात्तीको बथान धपाउन गएका रानामाथि हात्तीले आक्रमण गरेको थियो।शनिबार बेलुका बस्तीमा हात्ती आएका थिए। हात्ती धपाउन गएका राना बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्दा आइतबार बिहान घरबाट करिब एक किलोमिटरको दूरीमा शव भेटिएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • १८० पटक पढिएको
  • धादिङको झ्याप्लेखोलामा पुरिएका २ वटा बस निकाल्ने क्रममा भेटियो अर्को पनि बस

    धादिङ । धादिङको धुनिबेशि नगरपालिका-९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा अर्को पनि बस फेला परेको छ। पुरिएरका दुईवटा बस निकालेर बाटो सफा गर्ने क्रममा अर्को पनि बस पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।स्काभेटरले खन्ने क्रममा अहिलेसम्म बसको थोरै भागमात्रै देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। ‘बसको पूरै भाग नदेखिएकोले कहाँको लागि छुटेको बस हो भन्ने पत्ता लागेको छैन सिलवालले भने।यसअघि शुक्रबार गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको एउटा बस खानीखाेलाबाट सम्पर्कविहीन भएको थियो। लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२

    • प्रकाशित मितिः असोज १३, २०८१
    • २६१ पटक पढिएको
  • घट्न थाल्यो सप्तकोशीको बहाव, पुलमाथि थुप्रियो फोहोरको डंगुर

    इटहरी। सप्तकोशी नदीमा पानीको बहावले अति खतराको संकेत पार गर्दै साढे ६ लाख क्युसेकभन्दा बढीको रेकर्ड बनाएर विस्तारै घट्न थालेको छ । आज (आइतबार विहान कोशी ब्यारेजमा सवैभन्दा उच्च बहाव ६ लाख ६१ हजार ०५ क्युसेक रेकर्ड बनेको थियो । अहिले जलसतह घट्न थालेको छ । पछिल्लो विवरण अनुसार अहिले ६ लाख ५५ हजार ५ क्युसेक बहाव मापन भएको छ ।उच्च बहावका कारण ४८ घण्टायता कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । ६ लाख २१ हजार क्युसेक बहाव भएपछि ब्यारेज माथिबाटै पानी बगेको थियो । शनिबार साँझदेखि देशभर पानी पर्न रोकिए पनि कोशी नदीको बहाव भने बढेको बढ्यै थियो। कोशी नदीमा लेदोयुक्त बाढी अत्याधिक रहेको छ ।बाढी व्यव

    • प्रकाशित मितिः असोज १३, २०८१
    • २२४ पटक पढिएको
  • गोरखाबाट काठमाडौंका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन

    गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट शुक्रबार काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए ।उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उनले बताए । ‘शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको छ,’ उनले भने । खोजीका लागि प्रहरीलाई पनि आग्रह गरिएको उनले बताए । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३५७ पटक पढिएको
  • कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा आज दिउँसो सर्वदलीय बैठक आवहान

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज (आइतबार) दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्र

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३०५ पटक पढिएको
  • चितवनकाे देवघाटधाम बाढीको जोखिममा

    तनहुँ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाम जोखिममा परेको छ । त्रिशूली र कालीगण्डकी नदीमा आएको  बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र भौतिक संरचना जोखिममा परेका हुन् । वर्षाका कारण देवघाट गाउँपालिका हुँदै बग्ने त्रिशूली र कालीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुगेको छ ।कालीगण्डकीमा आएको बाढीले देवघाट गाउँपालिका–५ साँढेबगरस्थित महादेव आधारभूत विद्यालय डुबानमा परेको प्रधानाध्यापक शिवहरि वाग्लेले जानकारी दिए । बाढीले विद्यालय भवन डुबाएका कारण विद्यालयको सबै काजगात नष्ट भएको उनले बताए । यस्तै त्रिशूलीमा आएको बाढीले चितवन र देवघाट जोड्ने दा

    • प्रकाशित मितिः असोज १३, २०८१
    • १९३ पटक पढिएको
  • बाढी–पहिरोले देशभरका ४८ राजमार्ग ठप्प (विवरणसहित)

    इटहरी । मनसुन सक्रिय भई शुक्रबार र शनिबार देशभर भएको भारी वर्षाले ठूलो जनधनको क्षति गरेको छ । वर्षासँगै विभिन्न स्थानमा बाढी–पहिरोले सडक अवरुद्ध छ । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ । वर्षाका कारण अवरुद्ध सडक खण्ड अझै सुचारु हुन सकेको छैन ।नेपाल प्रहरीले आइतबार बिहान ६ः३० बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको छ । आज (आइतबार) बिहान ६ः३० बजेसम्मको अपडेटअनुसार देशभर ४८ राजमार्ग पूरै बन्द छन् । प्रहरीका अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्यपहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • १५८ पटक पढिएको
  • सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी : जलसतह खतरा तहभन्दा ११ दशमलव २६ मिटरमाथि

    इटहरी  । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज (आइतबार) बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेण्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेण्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो ।कोशी ब्यारेज कन्ट्रोल रुमले गए राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११ दशमलव २६ मिटरमाथि पुगिसकेको

    • प्रकाशित मितिः असोज १३, २०८१
    • २०३ पटक पढिएको
  • देशभर आंशिक बदली : पाँच प्रदेशका थोरै स्थानमा बर्षाको सम्भावना

    इटहरी । देशभर आज (आइतबार) मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ  ।ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथ

    • प्रकाशित मितिः असोज १३, २०८१
    • १५५ पटक पढिएको
  • कोशी ब्यारेजमा ५६ वर्षपछिकै उच्च पानीको बहाव, बाढीको जोखिममा उदयपुर, सुनसरी र सप्तरी

    भोजराज घिमिरे सुनसरी, भदौ १४ – सप्तकोशी नदीमा पछिल्लो ५६ वर्षयताकै उच्च पानीको बहाव मापन गरिएको छ, जसले तराईका विभिन्न जिल्लालाई बाढी र कटानको उच्च जोखिममा पारेको छ। आज बिहान  सप्तकोशी नदीको बहाव ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक पुगेको छ, जुन १९६८ सालको अक्टोबर ५ मा मापन गरिएको ७ लाख ८८ हजार दुई सय क्युसेक पछिको सबैभन्दा उच्च मापन हो।कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदीको जलस्तर खतरा तहभन्दा ११.२६ मिटर माथि पुगेको छ, जसले गर्दा उदयपुर, सुनसरी र सप्तरी जिल्लामा बाढी र कटानको जोखिम थपिएको छ। सप्तकोशी चतरा जलमापन केन्द्रले नदीको जलस्तर अझै बढ्दो क्रममा रहेकाले प्रभावित क्षेत्

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३१२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल