इटहरी । मनसुन सक्रिय भई शुक्रबार र शनिबार देशभर भएको भारी वर्षाले ठूलो जनधनको क्षति गरेको छ । वर्षासँगै विभिन्न स्थानमा बाढी–पहिरोले सडक अवरुद्ध छ । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ । वर्षाका कारण अवरुद्ध सडक खण्ड अझै सुचारु हुन सकेको छैन ।
नेपाल प्रहरीले आइतबार बिहान ६ः३० बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको छ । आज (आइतबार) बिहान ६ः३० बजेसम्मको अपडेटअनुसार देशभर ४८ राजमार्ग पूरै बन्द छन् । प्रहरीका अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्यपहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।
_XEJVbuOXmS_hdcpnve7cqy0j55rnjj4facbanctjha9beel1jjk76esbzahutr1spalpqdv.jpg)
_rwhsPfKdWN_sosxx4u7ghuorjoanjoqba6mmsxi14ue3nedhy648cxbo4acoz0honqhv3jq.jpg)















