काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी काम अघि बढाइएको छ । बाह्रबीसे नगरपालिका–५ स्थित आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबीसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको छ । कूल दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दसैँ अगाडि सकिने छ ।ऊर्जा, जलस्रोत तथ
-भोजराज घिमिरे पथरी शनिश्चरे - शारीरिक सुगठन .(बडिबिल्डिङ)ं प्रतियोगितामा स्वर्ण पदक विजेताको अचानक मृत्युको कारण मोरङ पथरीशनिश्चरे नगरपालिका शोकमा छ ।पथरीशनिश्चरे—१ निवासी राईले भदौ २८ र २९ गते काठमाडौंको दशरथ रंगथशाला स्थित कभर्ड हलमा भएको ‘पाँचौ खुल्ला मिस्टर काठमाडौं’को उपाधी जित्नु भएकाे थियाे । राष्ट्रव्यापी ‘मिस्टर काठमाडौ उपाधी’ बडिबिल्डिङ क्षेत्रमा देशकै सम्मानित र प्रतिष्ठित उपाधि हो । उपाधि जितेको चार दिनपछि असोज २ गते अचानक अस्वास्थ्य भएका प्रकाश राईको ग्रान्डि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । राईको देहान्तको खबरले बडिबिल्डिङ लगायतका खेलाडीहरु स्तब्ध
-भोजराज घिमिरे विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गर्न ठोस तयारी गरिरहेको बताएका छन्।शनिबार विराटनगरमा आयोजित २४औं राष्ट्रिय दन्त सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता दिइरहेको प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा भिन्नै स्वास्थ्य ऐन ल्याउने तयारीमा रहेको उल्लेख गरे। “हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने तयारीमा छौं,” उहाँले भन्नुभयो।मुख्यमन्त्री कार्कीले स्रोतसाधनले पुगेमा प्रदेशका अस्पतालहरूमा दन्त चिकित्सक नियुक्ति गर्ने योजना पनि अघि सा
एजेन्सी। अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन शनिबार बिहान अमेरिका पुगेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ताको समय तय भएको हो । दुई प्रधानमन्त्रीबीचको भेट नेपाली समयअनुसार सोमबार बिहान ३ः४५ बजे हुने प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ । यद्यपि समयमा केही हेरफेर हुन सक्ने सचिवालयले उल्लेख गरेको छ । भेटमा इपीजीको प्रतिवेदन, सीमा समस्या लगायत विषयमा कुराकानी हुने बताइएको छ ।गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि ओलीले दिएको ईपी
तनहुँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ । एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशित गरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीहरुले हकदैया भोगचलनस
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो । प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा रु एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवमा सो अवधि
चितवन । नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ । राति सवा १ बजेतिर शहीद चोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००२ प ३१४५ नम्बरको एनएस मोटरसाइकल भरतपुर–२ लिलाचोक नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनामा नवलपुरको गैंडाकोट–५ कांग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा लमजुङको दुधपोखरी–६ बस्ने बर्ष ४० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक थापा र मोटरसाइकलमा सवार गुरुङको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको रिजालले बताए ।
इटहरी । बडादशैंको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो ।समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ बजेर १६ मिनेटमा र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ बजेर ११ मिनेटमा तथा स्थिरासन ८ बजेर ४३ मिनेटमा तोकिएको छ । त्यसैगरी असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको समितिले जानकारी दिएको छ । साथै समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइटको आवश्यकता नपर्ने समेत स्पष्ट गरेको छ ।
एजेन्सी । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो । त्यसपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोड्नु परेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनु परेको थियो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बनेका थिए ।आज हुने निर्वाचनले मुलुकमा आर्थिक सुधार ल्याउने अपेक्षा गरिएको छ । मुलुकमा करवृद्धि, अनुदान र कल्याणकारी योजनामा कटौतीका कारण अझै पनि धेरै जनता समस्यामा छन् । धेरै विश्लेषकहरु यस पटकको चुनावमा आर्थिक सुधारका लागि मतदा
तनहु । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) उपर प्राप्त भएका सुझाव विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन उपर प्राप्त भएका सुझाव समेटेर तयार गरिएको अद्यावधिक प्रतिवेदन विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको हो । आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) को एक प्रक्रियाका रुपमा ग्रिड आबद्धताका लागि आयोजनाबाट उत्पादन हुने ऊर्जाको टुङ्गो लागिसकेको तनहुँ हाइड्रोपावर लिम