काठमाडौं । सहकारी रकम दुरुपयोगका विषयमा संसदीय छानविन समितिले अध्ययन प्रतिवेदन संसदलाई बुझाएपछि अब यसमाथिको कारवाही प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषयमा चर्चा र बहस चलिरहेको छ । संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेपछि अहिले यसका पक्ष–विपक्षमा सामाजिक सञ्जालहरुमा बहस चर्किएको छ । सत्ता पक्षले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने दोषी किटान भएको जिकिर गरिरहेका छन् भने लामिछाने पक्ष पनि आफू निर्दाेष प्रमाणित भएको दा
-भोजराज घिमिरे विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। यो दोस्रो पटक विश्वासको मत लिन लागेको अवसर हो, मुख्यमन्त्री कार्की तेस्रो पटक प्रदेशको मुख्यमन्त्री बनेका हुन्।गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए। नेकपा माओवादी केन्द्रको समर्थनमा बनेको सरकारमा कार्की मुख्यमन्त्री भए पनि माओवादीले साउन ११ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो। यद्यपि, माओवादीले भदौ १४ गते मात्र औपचारिक रूपमा समर्थन फिर्ता लिएको थियो।सत्ता गठबन्धनको परिवर्तनसँगै अह
बिराटनगर, असोज १ - भोजराज घिमिरे कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (प्र.ना.म.नि.) चन्द्रकुवेर खापुङले नजिकिदै गरेका चाडपर्वलाई लक्षित गर्दै शान्ति सुरक्षा सुनिश्चित गर्न विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्ने निर्देशन दिएका छन्। असोज १ गते, भर्चुअल माध्यमबाट आयोजित बैठकमा उनले जिल्ला प्रहरी प्रमुखहरूलाई कुनै पनि आपराधिक गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पार्न आदेश दिएका हुन्।प्र.ना.म.नि. खापुङले चाडपर्वका बेला समाजमा शान्ति सुरक्षा कायम राख्न, अवान्छित गतिविधि, जुवा तास, कालोबजारी, खुला सिमानाका कारण हुने चोरी तस्करी, लागू औषधको ओसारपसार तथा पटका जस्ता गैरकान
इटहरी । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् ।प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आर
काठमाडौं । भोटेकोशी नदीमा खसेको बोलेरो जीपका बेपत्ता चालकको शव फेला परेको छ । भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जीप भोटेकोशीमा खसेको थियो ।सो गाडीका चालक भोटेकोशी गाउँपालिका–५ सानु तामाङको शव सशस्त्रको टोलीले सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सुनकोशी नदीबाट निकालेको हो । तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको छ । उनीसँगै नदीमा खसेकी महिलाको शव शनिबार दिउँसो सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै भेटिएको थियो । श
इटहरी । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले संसद अवरोध खोलेको छ।प्रतिनिधि सभाको आजको बैठकको सुरुमा माओवादी सांसदहरू उठेर सभामुखको ध्यानाकर्षण गरेका थिए।सभामुख देवराज घिमिरेले उठेका सांसदलाई बस्न आग्रह गर्दै माओवादीका तर्फबाट बोल्न सांसद शक्ति बस्नेतलाई समय दिएका थिए।बस्नेतले सभामुखले ‘हिंसा’ शब्द असंसदीय नरहेको ठहर गरेकाले त्यसबारे आफ्नो भन्नु केही नरहेको सांसद बस्नेतले बताए।उनले आफ्नो पार्टीले संसद सञ्चालनमा सघाउने उद्देश्यले अवरोध नगर्ने निर्णय गरेको जानकारी गराएका थिए।
सुरुङ्गा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हत्यारा भनेको आरोपमा प्रहरीले चारजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर १० धुलाबारी निवासी २७ वर्षीय सोना गेलाल सहित चार जना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।चन्द्रगढी विमानस्थल हुँदै पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै काठमाडौं पर्कन लाग्नु भएको थियो । तर, खराव मौसमका कारण जहाज उड्न नसकेपछि पूर्वराजाका समर्थकले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको विरुद्ध चन्द्रगढी विमानस्थल वाहिर नारावाजी गरेका थिए । सो क्रममा प्रहरीले चार
झापा । झापाका विभिन्न स्थानका धानबालीमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।झापाको अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका र कचनवलक गाउँपालिका क्षेत्रमा बढी मात्रा यो रोगको सङ्क्रमण देखिएको किसानले जानकारी गराएको उहाँले बताउनुभयो । “छिटफुट रुपमा जिल्लाभरि देखिएको छ, नियन्त्रणको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।अनुगमन गरेर ज्ञान केन्द्रमार्फत किसानलाई क्षेत्रफलको आधारमा थोरै मात्रा भए पनि औषधि वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । धान खेतको ठाउँ–ठाउँमा गोलकार
काठमाडौं । नक्कली नोटसहित ललितपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भई भक्तपुरको ठिमी बस्दै आएका ३१ वर्षीय रमेश छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ती युवक ललितपुरको ललितपुर महानगरपालिका–८ सौगलमा कोठा लिएका थिए ।आइतबार सोही कोठाबाट प्रहरीले १ हजार दरका ११५ थान नक्कली नोट बरामद गरेको एसपी सुवेदीले जानकारी दिए । त्यहाँबाट फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरेको छ । पक्राउ परेका रोक्कालाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए ।
काठमाडौं । पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो ।प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएको जानकारी दिए । प्रभावित परिवारको संख्या भने अलि कम रहेको पाइएको छ । प्राधिकरणले ९० दिन (जेठ २८– भदौ २२) सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार संख्या चार हजार छ सय १५ पुगेको