एजेन्सी । महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ ।आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा फेला परेको थियो ।यस पत्रमा अल्बर्ट आइन्स्टाइनले अमेरिकी राष्ट्रपतिलाई जर्मनीले आणविक हतियार विकास गरिरहेको चेतावनी दिएका थिए । पत्रमा आइन्स्टाइनले भनेका छन्, ‘आमविक भौतिकीमा हालैका कामहरू भएका छन्, त्यहाँ युरेनियमलाई नयाँ र म
एजेन्सी । अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले अन्तरिक्षबाटै मतदान गर्ने भएका छन् । सन् २०२५ को फेब्रुअरीसम्म सुनिता र विलमोरलाई अन्तरिक्षमै बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट उनीहरूले मतदान गर्ने भएका हुन् ।अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको एक हप्तापछि शुक्रवार आयोजित पत्रकार सम्मेलनमा विलियम्स र विल्मोरले आइएसएसबाट सहभागी भएको न्यूओर्क टाइम्सले जनाएको छ । यो जोडी गत जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा चढेर अन्तरिक्ष पुगेको थियो । यानमा हिलियम लिक र थ्रस्टरमा समस्या देखिएपछि दुई अन्तरिक्ष यात्
काठमाडौं । अमेरिकाबाट फर्किदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेपत्ता भएका व्यक्ति भेटिएका छन् ।विमानस्थलबाट एकाएक हराएका ७६ वर्षीय दण्डपाणि भूसाल आफन्तको सम्पर्कमा आएका हुन् । उनी आइतबार मध्याह्न सम्पर्कमा आएको उनका आफन्त विष्णुप्रसाद भण्डारीले जानकारी दिए । पठाओवालाले फोन गरेर तपाईंको मान्छे भेटिएको छ कहाँ ल्याई दिऔं भनेको र भुसालसँग पनि कुरा भएको विष्णुप्रसादले बताए । उनीहरू प्रहरी वृत्त गौशाला आउँदै गरेको पनि भण्डारीले जानकारी दिएका छन् ।शनिबार विमानस्थल अवतरण गरिसकेपछि दण्डपाणीले बाहिर पर्खिरहेका आफन्तहरूलाई जानकारी गराएका थिए ।तर उनी नभेटिएपछि उनका आफन्त
सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रो बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनिता देवि अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो ।उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिए । ठक्करबा
चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालबाट त्रिशुली नदीमा ट्रक खसेको घटना शंकास्पद देखिएको छ । आज बिहान ना.६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको ट्रक त्रिशुली नदीमा खसेको अवस्थामा भेटिएको थियो ।ट्रकका चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्कविहीन भएकाले घटना शंकास्पद देखिएको प्रहरीले जानकारी दिएको छ । चालकको खोजी भइरहेको र थप अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने बताए ।यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक
काठमाडौं । प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूबीच छलफल सुरू भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी छ । छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक÷सचेतकहरू छन् ।सभामुख घिमिरेले भदौ २६ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको रूलिङ गरेका थिए । सांसद भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा प्रयोग गरेको भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमाप
काठमाडौं । आजका लागि बोलाइएको संसदीय सुनुवाइ समिति बैठक स्थगित भएको छ । विशेष कारणले बैठक स्थगित भएको समितिको सचिवालयले जनाएको छ । बैठक ११ बजेका लागि बोलाइएको थियो । संसदीय सुनुवाइ समितिको अर्को बैठक असोज २ गते बस्ने छ ।आजको बैठकमा विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूका सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची थियो । सरकारले चीनका लागि कृष्णप्रसाद ओली,अमेरिकाका लागि लोकदर्शन रेग्मी , बेलायतका चन्द्र घिमिरे, दक्षिण कोरिया शिवमाया तुम्बाहाङफे, जर्मनीमा डा. शैल रुपाखेती,पोर्चुगलको राजदूतमा प्रकाशमणी पौडेल सिफारिस गरेको थियो । यस्तै मलेसिया नेत्र तिमिल्सिना, इजरायल राजदू
मोरङ, भदौ २९ - मोरङको ग्रामथान गाउँपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीका अनुसार ग्रामथान ४ कटहरास्थित जुवा अखडाबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार पक्राउ परेका माझी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। गोप्य सूचनाका आधारमा शनिबार राति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीले संयुक्त रूपमा छापा हानेको थियो। पक्राउ पर्नेहरूमा सुनसरी, झापा, मोरङ लगायतका व्यक्तिहरू
धनगढी । धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए ।उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेको छ ।बाढीले बीओपी भवन बगाएको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक खेमराज पन्त नेतृत्वको प्रहरी टोली खटिएको छ ।
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकस्थित बाह्रबिसे-तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार निकालिएको बोलेरो गाडीमा सवार चालकसहित २ जना अझै फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शुक्रबार बा २० च २१८५ नं. को बोलेरो भोटेकोसीमा खसेको अवस्थामा भेटिएको थियो।शुक्रबार बिहान बाह्रबिसे नगरपालिका-६ बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि गएको प्रहरी टोलीले क्रेनको सहायताले ७ घण्टाको प्रयासपछि शुक्रबार बेलुका क्षतिग्रस्त ब