All Posts By इटहरी खबर संवाददाता

    Showing १,३९१-१,४०० of ३,०८७ items.
  • सप्तरीमा माइक्रो बसले ठक्कर दिंँदा नातीको मृत्यु, हजुरआमा घाइते

    सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रो बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ  । भारदहबाट  सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनिता देवि अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो ।उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिए । ठक्करबा

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ३५९ पटक पढिएको
  • त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन, प्रहरी भन्छ–घटना शंकास्पद

    चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालबाट त्रिशुली नदीमा ट्रक खसेको घटना शंकास्पद देखिएको छ । आज बिहान ना.६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको ट्रक त्रिशुली नदीमा खसेको अवस्थामा भेटिएको थियो ।ट्रकका चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्कविहीन भएकाले घटना शंकास्पद देखिएको प्रहरीले जानकारी दिएको छ । चालकको खोजी भइरहेको र थप अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने बताए ।यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ३२१ पटक पढिएको
  • संसदको अवरोध खुलाउन सभामुखको दलहरुसँग छलफल

    काठमाडौं । प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूबीच छलफल सुरू भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी छ । छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक÷सचेतकहरू छन् ।सभामुख घिमिरेले भदौ २६ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको रूलिङ गरेका थिए । सांसद भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा प्रयोग गरेको भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमाप

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ३९१ पटक पढिएको
  • प्रस्तावित १७ राजदूतबारे निर्णय गर्न बोलाइएको बैठक स्थगित

    काठमाडौं । आजका लागि बोलाइएको संसदीय सुनुवाइ समिति बैठक स्थगित भएको छ । विशेष कारणले बैठक स्थगित भएको समितिको  सचिवालयले जनाएको छ । बैठक ११ बजेका लागि बोलाइएको थियो । संसदीय सुनुवाइ समितिको अर्को बैठक असोज २ गते बस्ने छ ।आजको बैठकमा विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूका सम्बन्धमा छलफल  र निर्णय गर्ने कार्यसूची थियो । सरकारले चीनका लागि कृष्णप्रसाद ओली,अमेरिकाका लागि लोकदर्शन रेग्मी , बेलायतका चन्द्र घिमिरे, दक्षिण कोरिया शिवमाया तुम्बाहाङफे, जर्मनीमा डा. शैल रुपाखेती,पोर्चुगलको राजदूतमा प्रकाशमणी पौडेल सिफारिस गरेको थियो । यस्तै मलेसिया नेत्र तिमिल्सिना, इजरायल राजदू

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • १६५ पटक पढिएको
  • मोरङको ग्रामथान गाउँपालिकामा जुवा अखडामा छापा: पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना पक्राउ, १८ लाख ५१ हजार रुपैयाँ बरामद

    मोरङ, भदौ २९ - मोरङको ग्रामथान गाउँपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीका अनुसार ग्रामथान ४ कटहरास्थित जुवा अखडाबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार पक्राउ परेका माझी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। गोप्य सूचनाका आधारमा शनिबार राति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीले संयुक्त रूपमा छापा हानेको थियो। पक्राउ पर्नेहरूमा सुनसरी, झापा, मोरङ लगायतका व्यक्तिहरू

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ५७७ पटक पढिएको
  • धनगढीमा मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

    धनगढी । धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए ।उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेको छ ।बाढीले बीओपी भवन बगाएको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक खेमराज पन्त नेतृत्वको प्रहरी टोली खटिएको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ३६२ पटक पढिएको
  • भोटेकोसीमा खसेको बोलेरोमा थिए पुरुष र महिला, नदीमा भए बेपत्ता

     सिन्धुपाल्चोक। सिन्धुपाल्चोकस्थित बाह्रबिसे-तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार निकालिएको बोलेरो गाडीमा सवार चालकसहित २ जना अझै फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शुक्रबार बा २० च २१८५ नं. को बोलेरो भोटेकोसीमा खसेको अवस्थामा भेटिएको थियो।शुक्रबार बिहान बाह्रबिसे नगरपालिका-६ बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि गएको प्रहरी टोलीले क्रेनको सहायताले ७ घण्टाको प्रयासपछि शुक्रबार बेलुका क्षतिग्रस्त ब

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ३७४ पटक पढिएको
  • पोखराको ३८९ रोपनी अतिक्रमित जग्गा आयो सरकारको नाममा

    काठमाडौं । कास्कीको पोखरा बजार क्षेत्र भित्रको ३८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । जिल्लाको मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गा सरकारको नाममा दर्ता गरेका हुन् ।गएको भदौं १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले दुबै कार्यालयलाई जग्गा सरकारको नाममा दर्ता गराउन निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन पछि सबै कानुनी आधार पुरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीले जानकारी दिएका छन् । व्यक्तिको नाममा दर्ता भएका, लामो समयसम्म का

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • २३३ पटक पढिएको
  • छोरी–बुहारीलाई उच्च शिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

    महोत्तरी । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी छन् । पूर्व धनुषा, पश्चिम सर्लाही, उत्तर सिन्धुली र दक्षिणमा बर्दिबास नगरपालिकाको बीचमा अवस्थित छ यो क्याम्पस । यो क्याम्पस हाल आएर पठनपाठन छुटेका छोरीबुहारीका लागि उच्च शिक्षाको अवसर दिने थलो बनेको छ ।क्याम्पसमा बर्दिबास घर वा माइती भएका र धनुषाको मिथिला नगरपालिका लालगढका छोरीबुहारीको संख्या उल्लेख्य छ । विभिन्न क्षेत्रमा कार्यरत र घरगृहस्थी गरिरहेका छोरीबुहारीहरु यहाँ क्याम्पस सञ्चालन भएपछि उच्च

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ५२८ पटक पढिएको
  • झापामा दुई दिनमा दुई जनाको हत्या

    झापा । झापाको शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।उनका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्याेदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ । लाहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ । लोहारलाई पटक–पटक छुरा प्रहार गरी घाइते बनाएर भ

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • २५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल