All Posts By इटहरी खबर संवाददाता

    Showing १,४०१-१,४१० of ३,०८७ items.
  • अधुरै रह्यो भुपेन्द्रको ‘शी लिड्स आइकन’ बन्ने सपना

    बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’ को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’ मार्फत भोट मागेकी थिइन् । तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा भएको जीप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो । आमाको खुट्टाको उपचारपछि घर फर्किदै गरेकी बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान गुमाइन् । आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडौं बसाइ सकेर रुकुम पूर्वतर्फ फर्कंदै गर्दा बागलुङको गलकोटमा भएको जीप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उनकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको हो

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • २६३ पटक पढिएको
  • पहिलो आइसक्रिम कसले बनायो ? के छ इतिहास ?

    एजेन्सी । पहिलो आइसक्रिम कसले बनायो भन्ने विवाद छ । जति प्रकारका आइसक्रिमका फ्लेवर छन् त्यति नै आइस्क्रिमको बारेमा कथाहरू रहेका छन् । जसमा हालै घोडीको दूधबाट बनेको आइसक्रिम पनि समावेश गरिएको छ । हामीलाई किन आइसक्रिम धेरै मन पर्छ यो एक वैज्ञानिक विषय हो । अनुसन्धानकर्ताहरूले आइसक्रिम पौष्टिक फाइदाहरू र यसले मानव शरीरमा कम स्वस्थ प्रभावहरू हेरेका छन् ।कसरी आइसक्रिमले हाम्रो मुड परिवर्तन गर्न सक्छ । यस सम्बन्धमा अध्ययनहरू पनि छन् । लन्डनको मनोचिकित्सा संस्थानले २०२१ मा मानिसहरूको अर्बिफ्रन्टल कोर्टेक्स (निर्णय प्रक्रियामा संलग्न मस्तिष्कको भाग) ले आइसक्रिम चाख्दा प्रतिक्रिया दिन थाल्छ । अन्य

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ३४५ पटक पढिएको
  • निगमको न्यरोबडी दुबईमा ग्राउण्डेड, नेपाल फर्किन लागेका यात्रु अलपत्र

    काठमाडौँ । निगमको न्यरोबडी जहाज दुबईमा ग्राउण्डेड भएको छ । यात्रु लिएर फर्किनु पर्ने जहाजको  ल्याण्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिकमा समस्या देखिएपछि उतै ग्राउण्डेड गर्नुपर्ने अवस्था आएको हो । निगमको न्यरोबडी ‘लुम्बिनी’ शुक्रबार राति ११ः५२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको थियो । उक्त जहाज दुबईबाट स्थानीय समय अनुसार ३ः५५ बजे नेपाल फर्किनु पर्ने तालिका थियो ।‘ल्याण्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिकमा समस्या देखियो, स्पेयर पार्ट्सको खोजी भइरहेको छ,’ निगमका प्राविधिक प्रवक्ता इञ्जिनियर मनोज कुमार साहले भने, ‘स्पेयर पार्ट्स खोजेर जहाजलाई फर्काउन लागिरहेका छौं ।’ यो

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ३४२ पटक पढिएको
  • चार बुँदे सहमतिपछि अध्यक्ष यादवको अनसन अन्त्य

    नवलपरासी । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनसन तोडेका छन् । हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गए राति उनले अनसन तोडेका हुन् । अध्यक्ष यादवले गत शुक्रबार दिउँसोदेखि अनसन सुरु गरेका थिए ।चार बुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गरेका छन् । उक्त सहमतिपछि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अध्यक्ष यादवको अनसन तोडाएका थिए । सहमतिअनुसार आगामी असोज २ गतेदेखि तीव्रगतिमा निर्माण सुरु गरी दसैँ अगाडि गोपिगञ्जदेखि बेलाटारी क्षेत्रमा पर्ने तीन

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ३६० पटक पढिएको
  • तेजबहादुर पुरीको अध्यक्षतामा लायन्स क्लव अफ इटहरीको पदस्थापन

    इटहरी । नेपालकै चौथौ नम्बरमा रहेको क्लबको लायन्स, लियो क्लव अफ इटहरी सुनसरीको नयाँ कार्य समितिका पदाधिकारीहरुको  एक कार्यक्रमका विच पदस्थापना सम्पन्न भएको छ ।  इटहरीको लायन्स पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि लायन्स क्लव अफ इटहरी सुनसरीका अध्यक्ष तेजबहादुर पुरी र लियो क्लवका अध्यक्ष सजिवन राई लगायत नयाँ कार्य समितिका पदाधिकारीहरुको  पदस्थापना गरिएको हो ।   लायन्स डिष्ट्रिक ३२५ सीका गभर्नर विकास अधिकारीकोे प्रमुख आतिथ्य तथा पिताम्बर पोख्रेलको अध्यक्षतामा भएको पदस्थापना कार्यक्रममा पुर्व अध्यक्ष द्धय लाई सम्मान गरेको छ । त्यस्तै इटहरी क्षेत्रमा रहेर  ज

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • २९२ पटक पढिएको
  • अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनु पर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ ।वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’ मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनु पर्ने जनाएको हो ।  समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्य सचिव लक्ष्मण पन्थीले जारी गर्नुभएको विज्ञप्तिमा कतैकतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानका आधारमा धर्मशास्त्रले तोकेको कर्मक

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • २३४ पटक पढिएको
  • कोशीमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ, कोइराला पक्ष बाहिरै

    इटहरी । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका नव नियुक्त चार जना मन्त्रीले शपथ लिएका छन् । कांग्रेस कोसीका महामन्त्री समेत रहेका प्रदेश सभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोशी सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार बिहान शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ खुवाए । राई भौतिक पूर्वधार मन्त्री बनेका छन् भने सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशीले शपथ लिएका छन् । एउटा मन्त्रालय भने क

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • २३७ पटक पढिएको
  • बागलुङ दुर्घटना : पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढासहित तीनको मृत्यु

    बागलुङ । बागलुङ दुर्घटनामा मृत्यु हुने महिलाको शव पहिचान भएको छ । दुर्घटनामा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनास्थलमा बुढाको परिचयपत्र समेत भेटिएको छ । पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भएकी ३३ वर्षीय बुढाको दुर्घटनामा मृत्यु भएको पुष्टि भए पनि अरु दुई जनाको पहिचान हुन बाँकी रहेको बागलुङ प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ३१३ पटक पढिएको
  • पलेशालाई सरकारको सम्मान, खातामा पठायो ६५ लाख

    इटहरी । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ। सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो । बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्रसहित पुरस्कार रकम खातामा गइसकेको जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • २८८ पटक पढिएको
  • अब कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स

    इटहरी । अब  कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक बुधबारबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ ।स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले  पहिलो पटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित  कार्यक्रममा सेवाग्राहीलाइ  लाइसेन्स दिँदै मुख्यमन्त्री हिक्मतबहादुर कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले औपचारिक उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशका नागरिकको हित र सुविधालाई प्रदे

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • ३१३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल