इटहरी । नेपालकै चौथौ नम्बरमा रहेको क्लबको लायन्स, लियो क्लव अफ इटहरी सुनसरीको नयाँ कार्य समितिका पदाधिकारीहरुको एक कार्यक्रमका विच पदस्थापना सम्पन्न भएको छ ।
इटहरीको लायन्स पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि लायन्स क्लव अफ इटहरी सुनसरीका अध्यक्ष तेजबहादुर पुरी र लियो क्लवका अध्यक्ष सजिवन राई लगायत नयाँ कार्य समितिका पदाधिकारीहरुको पदस्थापना गरिएको हो ।
लायन्स डिष्ट्रिक ३२५ सीका गभर्नर विकास अधिकारीकोे प्रमुख आतिथ्य तथा पिताम्बर पोख्रेलको अध्यक्षतामा भएको पदस्थापना कार्यक्रममा पुर्व अध्यक्ष द्धय लाई सम्मान गरेको छ ।
त्यस्तै इटहरी क्षेत्रमा रहेर जिम्मेवारी पुर्बक समाजसेवाको क्षेत्रमा महत्वपूणर् योगदान पुऱ्याएको भन्दै लायन्स क्लवका पुर्व अध्यक्षहरु गणेश कुमार दुलाल र कृष्ण बहादुर कार्की लाई पदस्थापना कार्यक्रमको अवसरमा दोसल्ला ओढाई प्रमाण पत्रले सम्मान गरिएको छ ।
लायन्स क्लव अफ इटहरी सुनसरीको नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा डम्बर बहादुर बस्नेत , द्धितिय उपाध्यक्ष बम मानन्धर , तृतिय उपाध्यक्ष जिवन कुमार न्यौपाने , सचिव पेसल कुमार लम्साल , कोषाध्यक्ष गोविन्द प्रसाद घिमिरे सह सचिव टंक खनाल,मेम्बर सिप चेयर पर्सन अनन्त विष्ट,सर्भिस चेयर पर्सन ज्ञानेन्द्र पराजुली लगायतका चयन भएका छन ।
पदस्थापना कार्यक्रममा लायन्स क्लव अफ इटहरीका सस्थापक अध्यक्ष विश्व प्रसाद रिजाल,लयन्स एरिया चारका चिफ कोडिनेटर थानेस्वर ढकाल, गेट मल्टीपल कोडिनेटर लायन्स इन्द्र खत्रि राजन ,पाष्ट डिष्ट्रीक गभर्नर विजय हरि शर्मा, प्रथम भाइस डिष्ट्रीक गभर्नर बर्बजङ थापा ,दोस्रो भाइस डिष्ट्रीक गर्भनर लिला चिमारिया लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।


















