काठमाडौं । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो ।आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मू
बागमती । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो । आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए । मकवानपुरमा आव २०८०/८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । सो आवमा उद्योगतर्फ त
विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन् । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उनले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताए ।‘दुई ठूला दल मिल्दा अवसर र चुनौती दुवै छन्, यसलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ’, उनले भने । पार्टी र जनप्रतिनिधिबीच एकापसमा सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका नेता खड्काले पार्टी सङ्गठनलाई बलियो बनाउन मोरङ कांग्रेसबाट अन्य जिल्लाले पाठ सिक्नुपर्ने बता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असोज ४ गते अमेरिकाको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार भदौ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।सम्बोधनमा ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी रा
झापा । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५९ जनालाई बिरामी भएका छन् । अर्जुनधारा– ९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांशलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म छन् । बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ । केहीको बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पताल
भोजराज घिमिरे -विराटनगर, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफ्ना विभिन्न मागहरू पूरा गर्ने आश्वासन पाएपछि बुधबार राति आमरण अनशन तोडेका छन्। कार्कीले विराटनगर–६ निवासी निर्मला शर्माको ४२ दिनका छोराको हातबाट जुस ग्रहण गरी अनशन तोडेका हुन्। उनको अनशन अन्त्यका लागि नेपाली काँग्रेसका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, र अन्य नेताहरूको पहल महत्त्वपूर्ण रह्यो। उनीहरूको मध्यस्थतामा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले पूर्व मुख्यमन्त्रीका मागहरू बजेटले सम्बोधन गरेको आश्वासन दिएपछि कार्कीले अनशन अ
काठमाडौं । अमेरिकामा अर्का एक नेपालीको मृत्यु भएको छ । पूर्व रुकुमको भुमे–७ धर्मशालाका ३९ वर्षीय भरत रोका मगरको सोमबार मृत्यु भएको हो । ७० लाख बढी खर्च गरेर झण्डै २ वर्ष अगाडि बिना भिसा मेक्सिकोको सीमाक्षेत्रबाट अमेरिका पुगेका उनको हृदयाघातबाट मृत्यु भएको आफन्तले बताएका छन् । हृदयाघातपछि तीन दिनअगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो ।पारिवारिक स्रोतकाअनुसार सन् २०२३ को नोभेम्बरमा एसाइलम स्वीकृत भएपछि उनी श्रीमती र छोराछोरी अमेरिका झिकाउने प्रक्रियामा थिए । तर उक्त प्रक्रिया पूरा नहुँदै रोकामगरको मृत्यु भएको छ । उनको नेपालमा रहेका उनकी श्
काठमाडौं । आज संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस हो । ललितपुरको च्यासलस्थित नेकपा एमाले कार्यालयमा आज अपराह्न स्मृतिसभा गरेर दिवङ्गत नेताको स्मरण गरिँदैछ ।स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले स्मृति सभामा पार्टीका अन्य वरिष्ठ नेता पनि सहभागी हुने बताए । नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र
विराटनगर । पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार अनसन शुरु गरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार र कांग्रेसको एक समूह आमने सामने भएका छन् । कार्कीले आफ्नो सरकारले गरेका निर्णयहरु कार्यान्वयन नगरेको भन्दै अनसन बस्न शुरु गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले मंगलबारदेखि नै निषेधाज्ञा जारी गरेको थियो ।निषेधाज्ञा जारी गरेपनि अपराहन्न ४ बजेदेखि अनसन थालेका कार्कीलाई राति प्रहरीले उनलाई सो स्थलबाट उठाएर उनको घरमा लगेर छोडेको थियो । सो समयमा अनसन स्थल विराटनगरस्थित देवकोटा चोक तनाबग्रस्त भएको थियो । कार्कीलाई नियन्त्रणमा लिनेक्रममा उनका समर्थक र सुरक्षाकर्मीबिच केहीबेर झडप समेत भएको थि
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मंगलबार सुर्नया– ८ ढुंगाकोटमा सु.प.प्र.०१०० ज १३५४ नम्बरको जीप दुर्घटना हुँदा स्थानीय १८ वर्षीया सविना महराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । सविनाको उपचारको क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । दुर्घटनामा जीप चालक सुर्नया गाउँपालिका– ७ का लालबहादुर कुँवरसहित चार जना घाइते भएका छन् । चालक कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षी