इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ । आज (शनिबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती
पोखरा । पोखराको फेवातालमा शुक्रबार एक डुबेको अवस्थामा मृत्त भेटिएका छन् । मृत्यु हुनेमा पर्वतको फलेबास नगरपालिका–२, थापाठाना घर भई हाल पोखरा–७, अन्नपूर्णटोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव छन् ।बिहीबार दिउँसो साढे १ बजे कोही कसैलाई नसोधी डेरा कोठाबाट निस्केका उनी साँझसम्म घर नफर्केपछि खोजतलास सुरु भएको थियो । घर परिवारले पनि प्रहरीलाई खबर गर्नुका साथै उनको खोजीका लागि सामाजिक सञ्जालमार्फत सबैसँग अपील गरेका थिए ।साथीहरूसँग बुझ्दा ड्यामसाइडस्थित फेवातालमा हाम फालेको भन्ने जानकारी शुक्रबार दिउँसो ३ बजे गराएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली र गण्डकी प्रदेश प्रहर
कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा
चितवन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शव परीक्षणपश्चात्
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा सुरु हुने जनाइएको छ । साउन २८ गते स्थगित भएको बैठक आज पुनः बस्न लागेको पार्टी कार्यालयले जनाएको छ । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । आजको बैठक त्यहिबाट सुरु हुने जनाइएको छ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै बनेको छ ।गगनको चुनावी गठबन्धन गर्न नहुने र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने
काठमाडाैं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा आज (शुक्रबार) भारत र माल्दिभ्स भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ। सेमिफाइनलमा पुग्नका लागि समूह बी का तीनै टोलीको बाटो खुला छ। आजको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरे समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ। माल्दिभ्सले भारतविरुद्ध जित निकाले पनि हेड टु हेडमा भुटान सेमिफाइनलमा पुग्नेछ। यद्यपी फराकिलो अन्तरको जितले भने माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना जिवित छ। पहिलो खेलमा भुटानलाई २–१ ले पराजित गरेको
इटहरी । नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी-उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।सेनाले योग्यता पुगेका नेपाली नागरिकलाई नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाईन दरखास्त फारम भरी सो को प्रिन्टसहित स्वयं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न पनि आग्रह गरेको छ ।
काठमाडौं । नेपालमा झण्डै १० महिनापछि टिकटक खुल्ने पक्का भएको छ । सरकारले आज (बिहीबार) टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । तर पनि मोबाइलमा टिकटक खुल्न अझै केही समय लाग्ने जनाइएको छ । आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले सर्ट भिडियो शेयरिङ एप्स टिकटकमाथिको प्रतिबन्ध हटाउने नीतिगत निर्णय गरेको हो । तर, सो निर्णय कार्यान्वयनमा भने तत्कालन आउने छैन । सरकारले राखेको शर्त पूरा गरेपछि मात्र प्रतिबन्ध हटेको निर्णय कार्यान्वयन हुने । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने भएका छन् । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ ।समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीको ओलीको न्यूयोर्क भ्रमणको तयारी सुरु भएको स्रोत बताउँछ । महासभामा भाग लिने प्रधानमन्त्री जाने पक्का भए पनि कहिले र को–को जाने भन्ने विषय छलफल हुनै बाँकी रहेको स्रोतले बताएको छ । ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए
काठमाडौं : नेपाल प्रहरीले प्रहरी नियमावली २०७१ को नियम १२७ (१)घ लाई आधार मानेर आफ्ना कर्मचारीलाई सेवा प्रवेश गरेको ३० वर्षपछि अवकाश दिँदै आएको छ । यही प्रहरी नियमावलीका अनुसार १६ भदौ २०८१ मा अवकाशमा जान लागेका नेपाल प्रहरीका ९० र सशस्त्र प्रहरी बलका १८ जना अधिकृतहरु घर जादै थिए ।त्यही व्यवस्था विरुद्ध प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गर्यो । उनीहरुले रिटमा भनेका थिए, ‘निजामती कर्मचारी र अन्य सेवामा भएको प्रावधानविपरीत आफूहरुलाई ५८ वर्षसम्म सेवा गर्न पाउने अधिकारबाट बञ्चित गरी ३० वर्ष पुगेपछि अवकाश दिने अन्