काठमाडौंः आफूहरूसँग सल्लाह नगरी नयाँ नियमको घोषणा गरिएको भन्दै एलपी ग्यासका उपभोक्ताले जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाउने मन्त्रीको घोषणालाई व्यवसायीले अस्वीकार गरेका छन् ।

नेपाल आयल निगममा भएको छलफलका क्रममा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले फरक कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको सिलिन्डर साट्न नसकिने जनाउनुभएको हो ।

उद्योगमन्त्री गौरी यादवले ग्यास उद्योगीहरूसँग छलफल नै नगरी एकतर्फी रूपमा जुनसुकै ब्रान्डको सिलिन्डर पनि साट्न दिने निर्देशन दिएको व्यवसायीको भनाइ छ ।