All Posts By इटहरी खबर संवाददाता

    Showing १,६६१-१,६७० of ३,०८७ items.
  • ‘लुगा हेरेर सेवाग्राहीलाई विभेद नगर्नू, मन्त्रीसँग होइन, कानुनसँग डराउनू

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीहरू मन्त्रीसँग नभइ कानुनसँग डराउनु पर्ने बताएका छन् । ललितपुरमा आज (बुधबार) आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम–२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।‘आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ,’ पौडेलको भनाइ छ, ‘जोसुकै किन नहोस्, हरेक सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र उसले सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकुल परिस्थिति निर्माण गर्ने काममा ध्यान जानुपर्छ । यहाँहरुले विषयको आधारमा नो भन्न सक्नुपर्छ । विषयको आधारमा एस भन्न सक्नुपर्

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ३३६ पटक पढिएको
  • कुलमानविरुद्ध हितेन्द्रको रिट पेशीमै नचढी थन्कियो, तीनदेखि सुनुवाइ अनिश्चित

    काठमाडाैं । बहुप्रतिक्षित हितेन्द्र देव शाक्यले तीन वर्षअघि सर्वोच्च अदालतमा दिएको मुद्दाको सुनुवाई आज (बुधबार) पनि स्थगित भएको छ ।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले ३ वर्षअघि दायर गरेको रिट आज पनि सुनुवाइ नहुने सूचीमा चढेको हो । यो रिट बुधबार पेशीका लागि तोकिएको थियो । तर अचानक बुधबार यो रिट स्थगित भयो ।शाक्यले पनि तीन वर्षदेखि न्याय नपाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । २०७८ चैत १ गतेदेखि विभिन्न मितिमा तोकिएको पेशी हेर्न नभ्याउने भन्दै सरेको थियो । बुधबार पेशी तोकेर निर्णय गरा

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ३४७ पटक पढिएको
  • दुहबीकाे छाला उद्याेगले दुर्गन्ध बढाएकाे भन्दै स्थानीय आन्दाेलित , समस्या सामधान नगरे तालावन्दीकाे चेतावनी

    इटहरी । सुनसरीको दुहबी नगरपालिका ६स्थित युनाइटेड टेयारिन प्रा.लि. र एसियन लेदर उद्योगले जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेको भन्दै स्थानीयहरू विरोध गरेका छन्। उद्योगहरूले रसायनयुक्त हानीकारक पानी बस्तीमा फाल्दा दुर्गन्ध फैलिएको छ, जसले गर्दा श्वासप्रश्वास सम्बन्धी रोगहरूको जोखिम बढेको भन्दै स्थानीयहरूले विराेध जनाएका हुन ।  स्थानीयहरू यस समस्याबाट हैरान भएकाे र यस्ता उद्योगहरू सराेकारवालले अनुगमन गरी तत्काल बन्द गर्न माग गरेका छन । मंगलबार स्थानीयले उद्योगको गेटमा उभिएर विरोध प्रदर्शन समेत गरेका छन ।  उनीहरूले उद्योगबाट निस्किने प्रदूषित पानीले केशलिया खोलालाई समेत प्रदूषित बनाएको

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ३०० पटक पढिएको
  • कोशी प्रदेशका सात स्थानीय तहमा उपनिर्वाचन , तयारीमा जुट्न आग्रह

    इटहरी । स्थानीय तहहरुमा रिक्त रहेका पदहरुमा पदपूर्ति गर्ने तयारी गरिरहेको निर्वाचन आयोगले निर्वाचन हुने स्थानीय तहका नागरिकहरुलाई मतदाता नामवलीमा नाम दर्ता गर्न आव्हान गरेको छ । आयोगले मंगलबार सूचना प्रकाशन गरी मोरङलगायत देशभरका २६ जिल्लाका ३४ पदहरुमा निर्वाचन गर्ने तयारी अघि बढाएको जानकारी दिएको हो ।मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत माघ १० गते ब्रेन ह्यामरेजका कारण उपचारका क्रममा निधन भएको थियो ।स्थानीय तहमा रिक्त भएका कोशीका सात पदमा उपनिर्वाचन हुने छ । जसमा मोरङमा गाउँपालिका अध्यक्ष पदमा निर्वाचन हुने छ भने बाँकी ६ वटा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ । सुनसरीको

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ३३१ पटक पढिएको
  • अरुण नदिमा जलसतह बढेपछि खतराकाे संकेत : उच्च सतर्कता अपनाउन आग्रह

    संखुुवासभा । रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।  यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • २८९ पटक पढिएको
  • हसिनाद्वारा बिहीबार सार्वजनिक रूपमा उपस्थित हुन आफ्ना समर्थकलाई आग्रह

    ढाका- अपदस्थ बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।‘म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु’, उनले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा भनेकी छन् ।

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ४४३ पटक पढिएको
  • मौवाखोला र चुम्लिङटारमा पहिरो, पृथ्वी राजमार्ग ठप्प

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको मौवाखोला र चुम्लिङटारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज (बुधबार) बिहान करिब ७ बजेको समयमा माथिबाट गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको हो । मौवाखोलामा पहिरोको कारण एकतर्फी सडक अवरुद्ध भएको छ भने चुम्लिङटारमा दुईतर्फी नै बाटो अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ । पहिरोका कारण काठमाडौँ जाने आउने गाडीहरू ठप्प हुँदा यात्रुहरुलाई सास्ती भइरहेको छ । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण वर्ष

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ३०३ पटक पढिएको
  • गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा

    गुल्मी । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए ।मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताए । वर्षमा दुई पटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ३४६ पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, टिआरसी विधेयकमाथि छलफल

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । साउन २

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ३०७ पटक पढिएको
  • बागमतीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।विभागका अनुसार आज (बुधबार) दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना  छ । त्यसैगरी आज राति  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • २५१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल