All Posts By इटहरी खबर संवाददाता

    Showing १,७२१-१,७३० of ३,०८७ items.
  • बंगलादेशमा हसिनाको पार्टीका नेताको होटलमा आगजनी, कम्तीमा २४ जनाको मृत्यु

    एजेन्सी । असुरक्षाका कारण राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक  जिल्ला नेताको होटलमा आगजनी हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ ।अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजनी गरेको बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनले लेखेको छ । त्यसक्रममा होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर ज्यान गएको समाचारमा उल्लेख छ । कम्तीमा २५ देखि ३० जनाको उद्दार गरिएको समाचारमा जनाइएको छ ।होटलमा सोमबार ४ बजेदेखि आगलागी भएको थियो भने ८ बजे नियन्त्रणमा आएको थियो । ज्यान गुमाउनेमध्ये एक जना इन्डोनेसियाका  नागरिक भएको बंगाली भाषा

    • प्रकाशित मितिः साउन २३, २०८१
    • ३६५ पटक पढिएको
  • दक्षिण कोरियामा गर्मीले १४ जनाको मृत्यु

    एजेन्सी । दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । गृह मन्त्रालयका अनुसार मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीको संख्या एक हजार ६९० पुगेको छ । यो गत वर्षको सोही अवधिमा भएको एक हजार ६४६ भन्दा बढी हो ।हालको उष्ण लहरले दुई लाख ७७ हजार कुखुरासहित तीन लाख तीन हजार पशुधन मरेका छन् । गत सातादेखि देशैभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ । यहाँ उष्णकटिबन्धीय रातहरूसँगै अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीको पूर्वानुमान छ । 

    • प्रकाशित मितिः साउन २३, २०८१
    • ३९४ पटक पढिएको
  • आज यी प्रदेशमा छ भारीदेखि अति भारी बर्षाको सम्भावना

    इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बुधबार बिहान  देशभर साधारणतया बदली रहेको छ ।  कोशी, मधेस, बागमती,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।बुधबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि

    • प्रकाशित मितिः साउन २३, २०८१
    • २८१ पटक पढिएको
  • काभा महिला भलिबल : उपाधिका लागि नेपाल आज भारतसँग भिड्दै

    काठमाडौं -नेपालले काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताको उपाधिका लागि आज (बुधबार) भारतसँग भिड्दै छ । फाइनल खेल बुधबार साँझ ५ बजे र इरान र श्रीलंकाबीच तेस्रो स्थानका लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।नेपालले मंगलबार दोस्रो सेमिफाइनलमा इरानमाथि ३–० को सोझो सेटको जित निकाली भारतविरुद्धको फाइनल पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई सहजै हराएको थियो । नेपाल लिग चरणमा दोस्रो र इरान तेस्रो हुँदै एक–आपसमा सेमिफाइनलमा भिडेका हुन् । पछिल्लो संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करण नेपालले जितेको थियो । नेपालको उपाधिमाथि ह्या

    • प्रकाशित मितिः साउन २३, २०८१
    • ४३५ पटक पढिएको
  • इलाम माङसेबुङ वासिकाे पीडा : एकगाग्री पानी लिन घण्टौं उकालो–ओरालो

    इलाम । इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको  दिनचर्या फेरिएको छ । वर्षौदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आएकी उनको घरैमा खानेपानी धारा जडान भएपछि उनको दिनचर्या फेरिएको हो । उनले भनिन्, ‘पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा लगाउन थालेको छु ।’डेढ घण्टा उकालो बाटो गाग्रीबाट बोकेको पानीको भरमा गुजारा चलाउँदै आएकी वसन्तासहित माङमालुङ बजार र आसपासका एक सय ७१ घरपरिवारले त्यो बाध्यताबाट मुक्ति पाएका छन् । सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत एक करोड ६६ लाख ६६ हजार एक सय ५३ को लागतमा बृहत् खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको लागि घण्टौँसम्म उकालो÷ओरा

    • प्रकाशित मितिः साउन २२, २०८१
    • ४६१ पटक पढिएको
  • सरकारले कुलमानलाई कारबाही गरे तामाङ राष्ट्रिय मुक्ति मोर्चा सडक आन्दोलनमा उत्रिने

    काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही या पदमुक्त गरे सडक आन्दोलनमा उत्रिने चेतावनी तामाङ राष्ट्रिय मुक्ति मोर्चाले दिएको छ । मोर्चाका अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लीलाकुमार घलानले प्रेस विज्ञप्ती जारी गर्दै मुलुकलाई लोडसेडिङमुक्त गर्ने ऐतिहासिक योगदानको अवमूल्यन गर्दै सरकारले कार्यकारी निर्देशक घिसिङलाई कुनै कारबाही वा पदमुक्त गरेको खण्डमा आन्दोलनमा जाने चेतावनी मोर्चाले दिएका हुन् । ‘मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गर्दै विद्युत् निर्यातबाट वैदेशिक मुद्रा आर्जन, विद्युत् महसुल नतिर्ने उद्योगको झण्

    • प्रकाशित मितिः साउन २२, २०८१
    • ३१२ पटक पढिएको
  • नोबेल पुरस्कार विजेता युनुस बन्न सक्छन् बंगलादेशको अन्तरिम प्रधानमन्त्री

    एजेन्सी । आरक्षण विरोधी आन्दोलनका संयोजक नाहिद इस्लामले मंगलबार बिहान नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार गरिने बताएका छन् । युनुसले बंगलादेशमा ग्रामीण बैंक स्थापना गरेका थिए ।उनले गरिबी विरुद्धको अभियानका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । विद्यार्थी आन्दोल चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छोडेकी थिइन् । उनले देश छोडेपछि पार्टीका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् । बंगाली अखबार प्रथम आलोका अनुसार अवामी लिगसँग सम्बद्ध नेताहरूले शेख हसिनाले देश छोडेका कारण उनीहरूले आन्दोलनकारीहरूको क्रोधको सामना गरिरहेको बताएका

    • प्रकाशित मितिः साउन २२, २०८१
    • ३९२ पटक पढिएको
  • विदेशमा बसेर नेपालमा महिलाको फेसबुक ‘ह्याक’ गरेपछि ...

    काठमाडौं । विदेशमा बसेर महिलाको फेसबुक ह्याक गरी साइबर अपराध गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन् । उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।थापाले पीडितको फेसबुक ह्याक गरी उनको म्यासेञ्जरमा पीडित र उनका श्रीमानबीच भएका कुराकानीलगायत सामग्री सङ्कलनपश्चात् नक्कली एकाउन्ट बनाइ ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका खुल्न आएको पनि उनल

    • प्रकाशित मितिः साउन २२, २०८१
    • २२५ पटक पढिएको
  • बंगलादेश घटनाबारे प्रचण्डको टिप्पणी : बहुमतको आडमा जे गरे पनि हुन्छ भन्ने ठान्नु दुर्भाग्यपूर्ण

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुमतको आडमा जे गरे पनि हुन्छ भन्ने ठान्नु भ्रमपूर्ण हुने कुरा बंगलादेशको घटनाबाट देखिएको टिप्पणी गरेका छन् । मोरङको विराटनगर पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाली शासकहरूलाई बहुमतको घमण्ड नगर्न सुझाव दिए । ‘बंगलादेशको विषयमा अध्ययन गर्दैछौं । त्यहाँको घटनाक्रमबारे सबै कुरा आइसकेको छैन । यति भन्नु चाहन्छु, हामीसँग बहुमत छ, जे गर्दा पनि हुन्छ भनेर शासकले ठान्नु दुर्भाग्य हुन्छ । यो कुरा नेपाली शासकहरूले पनि बुझे हुन्छ,’ उनले भने ।बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएकी थिइन

    • प्रकाशित मितिः साउन २२, २०८१
    • २०५ पटक पढिएको
  • हसिनाले थुनेकी खालिदा जियालाई रिहा गर्न आदेश

    एजेन्सी । शेख हसिनाले बंगलादेश छाडेपछि उनले थुनेकी पूर्व प्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका हुन् । राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा भएको बैठकमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तत्काल रिहा गर्ने सर्वसम्मतिले निर्णय भएको राष्ट्रपतिको प्रेस टोलीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन २२, २०८१
    • २५५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल