All Posts By इटहरी खबर संवाददाता

    Showing १,७४१-१,७५० of ३,०८७ items.
  • नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलायो

    नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी,करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा लाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।।

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ३९० पटक पढिएको
  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : आफन्तले गरे घोराही–तुलसीपुर सडक बन्द

    दाङ ।  टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको छ ।दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । यसैबीच, मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् । 

    • प्रकाशित मितिः साउन २०, २०८१
    • २९० पटक पढिएको
  • मर्निङवाक हिंडेका पशुपतिलाई बाघले आक्रमण गरेपछि ...

    चितवन । चितवन भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गर्न निस्किएका एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका छन् । बिहान करिब सवा ५ बजे पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको छ । स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जानकारी दिएको छ । बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरू खटिएका छन् ।

    • प्रकाशित मितिः साउन २०, २०८१
    • २७९ पटक पढिएको
  • ताप्लेजुङ कारागारमा क्षमता बन्दा ५ गुणा बढी कैदीबन्दी , क्षमता २५ काे कैदीबन्दी १४५ जना

    ताप्लेजुङ । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन् । जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल १२३ कैदी र २२ थुनुवा गरी एक १४५ कैदीबन्दीलाई राखिएको  छ ।कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन् भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीन जना कैदीबन्दी छन् । विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार  तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ साना–ठूल

    • प्रकाशित मितिः साउन २०, २०८१
    • २८६ पटक पढिएको
  • पेरिस ओलम्पिकमा ६० देशले जिते पदक, चीन शीर्ष स्थानमा

    काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जितेका छन् । शुक्रबार सम्पन्न खेलपछि ४० देशले स्वर्ण पदक जितेका छन् भने कुल ६० देशले पदक जितेका छन् । जसमा चीन १६ स्वर्ण, १२ रजत र ९ काश्य पदक जितेर शीर्ष स्थानमा रहेको छ  भने अमेरिका १४ स्वर्ण, २४ रजत र २३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।त्यस्तै आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १२ स्वर्णसहित ८ रजत र ७ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यसैगरी ग्रेट ब्रिटेन १० स्वर्ण, १० रजत र १३ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ९ स्वर्ण, ७ रजत र

    • प्रकाशित मितिः साउन २०, २०८१
    • १६३ पटक पढिएको
  • झापाका एसपी मिलन केसी काेशी प्रदेशकै उत्कृस्ट : गुण्डागर्दिकाे अन्त्य देखि तस्करी नियन्त्रण सम्म

    झापा । झापा प्रहरी तस्करी नियन्त्रणमा सक्रिय देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।भन्सार दाखिला गरिएको उक्त राजश्व गत आर्थिक वर्ष २०७९/८० को भन्दा ४३.२० प्रतिशतले बढी हो।आर्थिक वर्ष २०७९/८० मा ३ करोड ९८ लाख ३६ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो। भन्सार छली तथा तस्करी नियन्त्रणमा प्रहरी केन्द्रित बन्दा राजश्व संकलनको दर बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए।भारतसँग सीमा जोडिएका काँकडभिट्टा, नकलबन्दा, भद्रपुरलगायत क्षेत्रमा झापा प्रहरीले तस्करी नियन्त्रण अभिय

    • प्रकाशित मितिः साउन २०, २०८१
    • १३४ पटक पढिएको
  • बाह्रै महिना सडक सञ्चालन गर्न वडाध्यक्ष ईखबहादुरको यस्तो अभियान

    खोटाङ ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष ईखबहादुर राईको दैनिकी जनताको कामसँगै सडक मर्मतमा बित्ने गरेको छ । वडा कार्यालयको दैनिक काम तथा नगर कार्यपालिकाको बैठकबाहेक अधिकांश समय सडक मर्मत गर्दै गरेको अवस्थामा भेटिने वडाध्यक्ष राईको श्रमदान अभियानमा स्थानीय बासिन्दाले कम्मर कसेर साथ दिएका छन् । वडाध्यक्ष राईले सुरु गरेको श्रमदानमार्फत सडक मर्मत गर्ने अभियानले खार्मीबाट हुर्लुङ हुँदै दिक्तेल तथा राजधानी काठमाडौँलगायत पूर्वी तराईका विभिन्न सहर आवतजावतमा सहज भएको छ । यसअघि हिउँदमा दुःखका साथ करिब छ महिनामात्र सञ्चालन हुने सडक श्रमदानमार्फत मर्मत गरिएका कारण

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ३५८ पटक पढिएको
  • आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौं । आज (आइतबार) वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ३०८ पटक पढिएको
  • मर्दी हिमाल क्षेत्रमा मान्छेको नलीहाड, ट्रयाक र मोबाइल भेटियो

    कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेस क्याम्प) क्षेत्रमा मानव अवशेष फेला परेको छ ।माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएको बारेमा शनिबार जानकारी गराएको बताए । ‘स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ । भौगोलिक रूपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्नेबारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ’ वडाध्यक्ष क्षेत्रीले भने । अवशेषसँगै एउटा ट्रयाक र एक आइफोन समेत भेटिएको उनले बताए ।भेटिएको अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबा

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ४१४ पटक पढिएको
  • आजकाे माैसम : काेशी सहित पाँच प्रदेशमा मध्यम वर्षा , राती सातै प्रदेशमा वर्षा हुने

    इटहरी । आज (आइतबार)  देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभर  केही स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्

    • प्रकाशित मितिः साउन २०, २०८१
    • १५५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल