बैतडी । बैतडीमा एक युवती जंगलमा मृत फेला परेकी छन् । बैतडीको पाटन नगरपालिका–१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।घर नजिकैको जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो २ बजेतिर बिमलाको शव फेला परेको उनले बताए । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
संखुवासभा । नेपाल विद्युत् प्राधिकरण कार्यालय संखुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो । कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । ‘निजहरु विरुद्ध अभद्र व्यवह
एजेन्सी। जारी पेरिस ओलम्पिकको फुटबलको सेमिफाइनलको समीकरण पुरा भएको छ । गए राति सम्पन्न क्वाटर फाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।जस अनुसार फ्रान्स, स्पेन, मोरक्को र इजिप्ट सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा फ्रान्सले इजिप्टसँग र मोरक्कोले र स्पेनसँग खेल्ने छन् । सेमिफाइनलका खेलहरु सोमबार हुनेछन् ।क्वाटर फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा खेलको पाँचौं मिनेटमा नै फ्रान्सले अग्रता लिएको थियो र सोहि गोल खेलको निर्णायक गोल बनेको थियो । क्ल्हेल सकिएपछि फ्रान्स र अर्जेन्टिनाका खेलाडी र अफिसियलबीच भएको लडाई अहिले निक
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानमा टिपरको ठक्करबाट बाबुको ज्यान गएको छ भने छोरा घाइते भएका छन् । प्रहरीका अनुसार सडकमा गुडिरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसको पछाडि बाबु–छोरा सवार मोटरसाइकल आज (शुक्रबार) दिउँसो ४ः४५ बजेतिर ठोक्किएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बसले अचानक ब्रेक लगाउँदा ठोक्किएको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकललाई पछाडिबाट टिपरले ठक्कर दिएको हो । ना १ क ६१६७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का २२ वर्षीय रञ्जित मगर र पछाडि सवार उनका बुवा ६९ वर्षीय रामबहादुर मगर घा
काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि पुरक (मौका) परीक्षा आगामी भदौ २५ र २६ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले सूचना जारी गर्दै पूरक परीक्षाको लागि आवेदन फारम भर्न विद्यार्थीलाई आह्वान गरेको छ । दुई विषयसम्म नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थी परीक्षामा सहभागी हुन पाउने छन् । परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको थियो । यस वर्ष ५२
रोल्पा । रोल्पामा पहिरोले घर पुरिंदा दुई जना बेपत्ता भएका छन् । शुक्रबार राति सुनछहरी गाउँपालिका – ४ कामी डाँडामा पहिरो जाँदा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुरिएको हो । पहिरोले घरसँगै दुई जनालाई पुरेको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए । घरमा देउसिंहकी आमा ६० वर्षीया बसुना सुनार र चार वर्षीया छोरीलाई पुरेको स्थानीयले बताएको डिएसपी लामाले जानकारी दिएका छन् ।घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए । देउसिंह र उनकी श्रीमती भने कामको शिलशिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ । सूचना पाउना साथ प्रहरी निरीक्षक केशरबहादुर
इटहरी । सेन्ट्रल एशिया भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा आज (शनिबार) नेपाल र भारत भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपालको यो दोस्रो खेल हो । भारत लगातार तेस्रो खेल हो ।शुक्रबार भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई २५–१९, २५–१८, २५–१९ ले हराएको थियो । नेपाल र भारतसहित इरान, श्रीलंका र माल्दिभ्स प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता साउन २३ गतेसम्म चल्नेछ ।
महोत्तरी । महोत्तरीमा विद्युत प्राधिकरणले पटक–पटक लाइन काटेपछि व्यापारीहरु आन्दोलित भएका छन । पटक–पटक लाईन काट्ने र लाईन दिएता पनि कम भोल्टेज दिँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै शुक्रबार उनीहरुले पूर्व–पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन ।स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिद्युत प्राधिकरणले नियतवस लाईन अवरुद्ध बनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले बताए । शनिबार व्यापारीहरुले यो विषयमा उद्योग बाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन् । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा र समस्या समाधान नभएसम्म चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक
दाङ । सल्यान श्रीनगर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका–१६ भलै निवासी लालबहादुर वलीको जनयुद्धमा दुई वटै आँखा गुमे । विसं २०६० तिर प्रहरीले करेन्ट लगाउँदा उनले आँखा गुमाउनु परेको थियो । वलीले साहाराका लागि २०६२ सालमा सल्यान छत्रेश्वरी गाउँपालिका–१ दमाचौरकी शान्तासँग बिहे गरे । शान्ता पनि वलीसँग बिहे गर्न तयार भइन् । दुःख सुख गरेर दिनचर्या चलेकै थियो तर एक महिना अघिदेखि श्रीमती शान्ता पनि थलिएकी छन् । सहारा दिने श्रीमती नै थला परेपछि वली परिवार अचेल निकै समस्यामा छ । पेटको क्यान्सरका कारण थला परेकी शान्ताको हाल सुशील कोइराला मेमोरियल अस्पताल खजुरामा उपचार भइरहेको छ तर आर्थिक अभ
इटहरी । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ‘ट्रोल’ लाई लिएर चिन्तित देखिएकी छन् ।आज आफ्नो कथावाचनका क्रममा उनले आफूले बोलेको एउटा शब्दलाई लिएर भइरहेको टिकाटिप्पणीप्रति खिन्नता व्यक्त गरेकी छन् । कथावाचनको पहिलो दिन ‘गोरुको प्रिय आहारा मयुर’ भनेपछि उनको अभिव्यक्ति ‘ट्रोल’ भइरहेको छ ।उनले दोस्रो दिनमा नै गल्ती स्वीकार गरिसकेकी थिइन् । तर, पनि आलोचना नरोकिएपछि आज यस विषयमा उनले लामै प्रष्टीकरण दिएकी छन् । उनले आफूबाट भएको गल्ती सच्याई दिन तर मनोबल नघटाई दिन आग्रह गरिन् । आफ्नो अध्ययनको भाषिक पृष्ठभूमिका कारण बोल्दा त्रुटि हुन गएको उनले