All Posts By इटहरी खबर संवाददाता

    Showing १,८२१-१,८३० of ३,०८७ items.
  • सिसन बानियाँले खोले फिल्म कम्पनी

    इटहरी । चर्चित भ्लगर सिसन बानियाँले फिल्म निर्माण कम्पनी खोलेका छन्। उनले फेसबुकमार्फत आफूले फिल्म कम्पनी ‘रेन वेभ पिक्चर्स’ को घोषणा गरेका हुन्।‘फ्रिलान्सरको रुपमा वर्षौं बिताएपछि लगभग एक दशक युट्युब सामग्री, निर्माता, यात्रा भ्लगरको रूपमा काम गरें। मलाई लाग्छ यो समय अब मेरो जीवनको सबैभन्दा ठूलो सपनातर्फ कदम चाल्ने समय हो। तपाईंहरु सबैसामु प्रस्तुत गर्छुस् रेनवेभ पिक्चर्स,’ उनले लेखेका छन्।सिसनले फिल्म ‘होलटाइमर्स’ निर्माण गरिसकेका छन्। यतिखेर प्रोस्ट-प्रोडक्सनमा रहेको यो फिल्म फेस्टिभलपछि हलमा रिलिज हुने तयारी छ।प्रवीण टक्की कार्कीसँग मिलेर बनाएको यस फिल्मलाई पूजा गुरुङ र विभुषण बस्नेतक

    • प्रकाशित मितिः साउन ७, २०८१
    • ४३३ पटक पढिएको
  • लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू–भाग कूटनीतिक संयन्त्रहरूबाट समाधान गर्ने समझदारी भएको बताएका छन् । प्रतिनिधि सभामा आज (सोमबार) राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ दिँदै नेपाल भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापनाको काम भइरहेको पनि बताएका हुन् ।‘नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा सङ्घीय संसद, नेपाल सरकार र सबै नेपाली स्पष्ट र दृढ रहिआएका छौं । नेपालको संविधानको २०७७ असार ३ मा भएको दोस्रो संशोधनमार्फत् नयाँ नक्सा समेटी संविधानको अनुसूची–३ मा राखिएको तथा सीमासम्बन्धी विषयमा

    • प्रकाशित मितिः साउन ७, २०८१
    • १०३ पटक पढिएको
  • राज्यमन्त्री हत्या प्रकरण : जग्गा विवाद मिलाई दिन भन्दै राति आएका थिए तीन जना ? हत्या पछि तिनैजना फरार

    सिरहा । पूर्व राज्यमन्त्री रामचन्द्र राय (८०) को हत्या आरोपमा उनकै घरमा काम गर्न बसेका युवक पक्राउ परेका छन् । सर्लाही चन्द्रनगर गाउँपालिका–१ स्थित रतनपुरमा गए राति रायको हत्या भएको थियो। हत्या भएको सूचना प्रहरीलाई पक्राउ परेका युवकले नै दिएका थिए । प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।पक्राउ परेका २१ वर्षीय युवक कविलासी नगरपालिका–३ का हुन् । ती युवकले प्रहरीसमक्ष आइतबार साँझ सुत्नुअघि राय र अन्य तीन जना व्यक्तिहरू जग्गा जमिन किनबेचबारे कुरा गरिरहेको प्रारम्भिक बयान दिएका छन् ।उनले घरमा चार जनाबीच कुराकानी भइरहँदा आफू भने सुत्न गएको बयान पनि प्रहरीलाई दिएका छन् । सा

    • प्रकाशित मितिः साउन ७, २०८१
    • १३९ पटक पढिएको
  • बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, कमलालाई समर्थन

    वासिंटन । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उमेदवारीबाट पछि हटेका छन् । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् ।बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन् । उम्मेदवारीबाट पछि हटेसँगै पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उम्मेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् । आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै हप्ता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइड

    • प्रकाशित मितिः साउन ७, २०८१
    • १९७ पटक पढिएको
  • प्रधानमन्त्री ओलीसँग आज सांसदहरुको पहिलो प्रत्यक्ष प्रश्नोत्तर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज (सोमबार) हुँदैछ । जसका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । प्रतिनिधिसभा निमयावली बमोजिम उक्त कार्यक्रम तय भएको हो ।नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ । आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।प्रधानमन्त्री ओलीले हिजो (आइतबार) मा प्रतिनिधि सभाबाट दुई तिहाइ विश्वासको मत पाएका छन् । प्रधानमन्त्री

    • प्रकाशित मितिः साउन ७, २०८१
    • १३५ पटक पढिएको
  • फिस्लिङमा पहिरो खस्दा थुनीयाे बाटाे, मुग्लिन–काठमाडौं सडक अवरुद्ध

    चितवन । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ । आज बिहान बिहान ४ बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।सडक खुलाउने कार्य भइरहेको छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक–दुई घण्टा लाग्ने अनुमान छ । बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८१
    • ३६५ पटक पढिएको
  • बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाजले मुटु हल्लिन्थ्यो, बल्ल ढुक्क भइयो

    झापा । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् ।‘पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो’, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, ‘विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।’ उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए । बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात द

    • प्रकाशित मितिः साउन ७, २०८१
    • १६० पटक पढिएको
  • ६ प्रदेशमा पानी पर्दै, दिउँसो चार प्रदेशमा भारी वर्षा हुने

    इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती

    • प्रकाशित मितिः साउन ७, २०८१
    • ४७७ पटक पढिएको
  • आज साउनको पहिलो सोमबार : धरानकाे पिण्डेश्वर मन्दिरमा जल चढाउनेहरूकाे घुइचाे

    इटहरी ।  सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत आजबाट सुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्र

    • प्रकाशित मितिः साउन ७, २०८१
    • ४७६ पटक पढिएको
  • आज २०८१ साउन ७ गते साेमबार : धरानस्थित पिण्डेश्वर धामकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल

    मेष : शुभ कार्यमा सरिक भइनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। परदेशीलाई घर फर्कने समय जुरेको छ। सेयर बजारले पनि साथ दिनेछ।भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६३, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।वृष : समय त्यति राम्रो देखिँदैन। बोलीको विपरीत अर्थ लाग्न सक्छ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। विपक्षीको छलक

    • प्रकाशित मितिः साउन ६, २०८१
    • ६५६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल