इटहरी । जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।यसअघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै केवल १०८ रन बनाएको थियो । यसअघि शुक्रबार नै सम्पन्न समूह अन्तर्गतको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । अब भारतले अर्को खेल आइतबार यूएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।
काठमाडौं । हाँस्य टेलिचलचित्र ‘सक्किगोनि’ को निर्माण टिमले कथानक चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । कलाकार कुमार कट्टेलको जन्मदिनको अवसरमा चलचित्र ‘लाज शरणम’ निर्माणको औपचारिक घोषणा गरिएको हो । चलचित्र कुमारले निर्देशन गर्नेछन् । चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपिका बाउ), माला लिम्बू, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्र फागुन १४ प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
नवलपरासी । नवलपरासी पश्चिममा विषालु सर्पको टोकाइबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको बर्दघाट नगरपालिका–१४ की २० वर्षीया सोनिया खनाल छिन् । उनलाई शुक्रबार राति पिसाब फेर्न गएको बेला विषालु सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवरपरासी पश्चिमले जनाएको छ ।सर्पले टोकेपछि उनलाई उपचारका लागि सुरुमा स्थानीय सरोज मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नहुने भएपछि जिल्ला अस्पताल परासी पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् । उपचारमा आउन ढिलाइ हुँदा युवतीलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।
इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज (शनिबार) दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पर्द्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूणर्तया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसे/कालो र शुभ दिशा दक्षिण हो । त्यस्त
काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रको फुटपाथ बिस्तारको काममा फेरि स्थानीयले अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले शुक्रवार बिहान फुटपाथ विस्तारको काम शुरू गरेसँगै स्थानीय विरोधमा उत्रिएका हुन् ।भीडलाई नियन्त्रण गर्न न्युरोडमा उल्लेख्य मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । शुक्रवार बिहान न्युरोडमा नेपाल प्रहरी, नगर प्रहरीलगायत सुरक्षाकर्मी तैनाथ गरिएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः काम शुरू गरेको थियो ।स्थानीय यसैको विरोधमा उत्रिएका हुन् । यसअघि न्युरोडमा फूटपाथ बिस्तारलाई लिएर सडक डिभ
काठमाडौं । मौद्रिक नीति आज (शुक्रबार) सार्बजनिक नहुने भएको छ । पुरै तयारी गरेर आज मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्बजनिक नगर्ने भएको हो ।आज राष्ट्र बैंक सञ्चालक समितिको वैठक बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ । तर, मौद्रिक नीति सार्वजनिक हुने सम्भावना टरेको स्रोतले बतायो । मौद्रिक नीति पारित गर्ने एजेन्डा आजको वैठकबाट हटाइएको समेत स्रोतको दावी छ । केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका आर्थिक सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्ब
इटहरी । सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो। त्यस्तै आज तेजाबी सुन पनि १ लाख ४६ हजार ८ सय रुपैयाँमा झरेको छ। चाँदी पनि ३० रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। अघिल्लो दिन छापावाल सुन १ लाख ४९ हजार ५ सय, तेजाबी सुन १ लाख ४८ हजार ८ सय र चाँदी १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
एजेन्सी । बङ्गलादेशमा जारी आरक्षणसम्बन्धी विरोध प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रदर्शनको क्रममा सैयौँ घाइते भएका छन् । सरकारी जागिरमा आरक्षणको व्यवस्था सम्बन्धी देशभर जारी विरोध प्रदर्शन थप तीव्र बन्दै गएको बीबीसीले जनाएको छ ।प्रदर्शनका कारण देशभरको इन्टरनेट सेवा ठप्प छ भने विद्यालय र विश्वविद्यालयहरू अनिश्चितकालका लागि बन्दं गरिएका छन् । सरकारी जागिरमा आरक्षणको व्यवस्था अन्त्य गर्नुपर्ने मागसहित त्यहाँका नागरिक विशेषगरी विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।बङ्गलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेकाहरूको छोराछोरीलाई आरक्षण दिइएको छ । तर, आलोचकहरूले आरक्षण
ताप्लेजुङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् ।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।पाथीभरामा विशेषगरी बडादसैं र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयम