All Posts By इटहरी खबर संवाददाता

    Showing १,९११-१,९२० of ३,०८७ items.
  • त्रिशूलीमा बेपत्ता झण्डै ५४ मध्ये १७ जनाको नाम खुल्यो : बस धनी र चालक पनि नदीमा हराए

    रूपन्देही । शुक्रबार बिहान त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ। बेपत्ता हुने एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बिहान दुईवटा वसलाई पहिरोले त्रिशूलीमा खसाउँदा करिब ५४ जना बेपत्ता भएका छन्। यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो।वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।  उक्त बसका चालक, सहचालक पनि यात्रुसँगै

    • प्रकाशित मितिः असार २८, २०८१
    • ६५६ पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकमा पहिरोको ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोसहित ढुंगा खसेर लाग्दा बसका चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासी ४ सुनवलका ३६ वर्षीय मेगनाथ बिकको मृत्यु भएको हो ।गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुर पठाएकोमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बलमा सहप्रवक्ता शैलेन्द्र थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शुक्रवार बिहान ३ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा उक्त घटना भएको हो ।बसका यात्रु भने सकुशल रहेको सहप्रवक्ता थापाले बताए । पहिरोपछि सडक एकतर्फी अवरोध भएको र खुलाउन सशस्त्रको १७ नम्बर गण चितवनबाट २० जनाको

    • प्रकाशित मितिः असार २८, २०८१
    • ९,५०७ पटक पढिएको
  • प्रधानमन्त्रीलाई विश्वासको मतबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ । बैठक अब केहीबेरमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यलयमा सुरु हुनेछ ।आज (शुक्रबार) को बैठकले आजै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा लिन लागेको विश्वासको मतका विषयमा निर्णय गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता एवं सासद मनीष झाले बताएका छन् । त्यसो त रास्वपाले प्रधानमन्त्री प्रचण्डकै आग्रहमा विश्वासको मत लिने दिन आज सहयोग गर्नाका लागि भनेर सरकारबाट राजीनामा नदिएको हो । आजको बैठकले अन्य समसामयिक विषयमा पपिन छलफल गर्ने हुने झाले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार २८, २०८१
    • २६७ पटक पढिएको
  • ५९ जना सवार बुद्धएयरको जहाज भैरहवामा चिप्लियो

    रूपन्देही ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो।काठमाडौँबाट गएराति ९:३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले  विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिन पुगेको उनले बताए।प्रवक्ता भट्टले भने, ‘जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ।’जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेको जनाइएको छ।जहाज अहिले पनि

    • प्रकाशित मितिः असार २८, २०८१
    • ४२४ पटक पढिएको
  • नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन

    इटहरी । नारायणी नदीमा बेपत्ता दुईवटा बसका यात्रुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन्। चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा आज बिहान पहिरोले दुईवटा यात्रु बस बगाएर नारायणी नदीमा खसाउँदा ६० जनाभन्दा धेरै यात्रु नारायणी नदीमा बेपत्ता भएको अनुमान गरिएको छ।  आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको अनुमान प्रहरीले गरे पनि अहिलेसम्म कसैको शव फेला परेको छैन। घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर सयौँ सुरक्षाकर्मी बेपत्ताको उद्धार र खोजीमा खटिएका छन्। दुवै बसमा गरी ६५ जना यात्रुहरू रहेकाे जनाइएकाे छ । एउटा बसमा ४१ जना र अर्को बसमा २४ जना

    • प्रकाशित मितिः असार २८, २०८१
    • ३,३४४ पटक पढिएको
  • प्रचण्डले विश्वासको मत लिँदै, आजै प्रधानमन्त्रीमा दाबी पेश गर्ने कांग्रेस–एमालेको तयारी

    इटहरी डेस्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शुक्रबार) संसदबाट पाँचौ पटक विश्वासको मत लिँदै छन् । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।नेपाली कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएपछि एमालेले असार १९ गते समर्थन फिर्ताको निर्णय गरेको थियो । २०७९ पुस १० गते प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।सोही वर्षको पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका प्रचण्डले पछिल्लो पटक गत जेठ ७

    • प्रकाशित मितिः असार २८, २०८१
    • १५५ पटक पढिएको
  • बस्तीमा पस्न थाल्यो बलानको बाढी, लहानमा त्रास

    सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदी बस्तीमा पस्न थालेको छ। चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन्। ‘जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो’, लहान नगरपालिका—२३ बसनपुरका गङ्गाप्रसाद यादवले भने । यादवको करिब १५ वर्षअघिसम्म तीन बिघा खेत थियो । बलान नदीले उर्वर जमिन बर्सेनि कटान गरेपछि अहिले उनको बिचल्ली भएको छ । आठ कठ्ठा आँपको बगैँचा रहेको जग्गा पछिल्लो दुई दिनमा बाढीले कटान गर्यो। बाढीले जग्गा कटान गरेपछि सञ्जयकुमार यादव

    • प्रकाशित मितिः असार २८, २०८१
    • २७९ पटक पढिएको
  • चितवनमा पहिरोमा परेर दुई यात्रु बस त्रिशूलीमा खसे, ५० बढी बेपत्ता

    चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उनले ती बसम

    • प्रकाशित मितिः असार २८, २०८१
    • ७९३ पटक पढिएको
  • अपडेट : कास्की पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या एकै घरका सातसहित ११ पुग्यो

    पोखरा । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले घर पुरिएर कास्कीमा एकै घरका सातसहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका सात जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ ।पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको का

    • प्रकाशित मितिः असार २८, २०८१
    • ६५३ पटक पढिएको
  • ओलीको भोलि नै प्रधानमन्त्री बन्ने तयारी, कांग्रेस–एमाले सांसदहरुको हस्ताक्षर तयार अवस्थामा

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले भोलि (शुक्रबार) नै नयाँ सरकार गठनको तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत नपाउने निश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोलि नै प्रधानमन्त्री नियुक्त गराउने गरी तयारी अगाडि बढिरहेको स्रोतले जानकारी दिएको छ ।बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । वैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम हुने एमालेको बुझाई छ । प्रचण्डको पक्षमा अहिले बहुमत नजुट्ने लगभग निश्चित भइसकेको छ । उनको पक्षमा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका

    • प्रकाशित मितिः असार २७, २०८१
    • ३६६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल