All Posts By इटहरी खबर संवाददाता

    Showing १,९३१-१,९४० of ३,०८७ items.
  • लगातार वर्षाले भोजपुरमा यसरी भासियो सडक

    भोजपुर  । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ मेस्पाङामा सडक भासिएको छ।भोजपुर -चखेवा सडकखण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो।कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्।उक्त स्थानमा आज (बुधबार) बिहान सडक भासिएको हो।‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ’, उपाध्यक्ष राईले भनिन्,‘सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ।’ 

    • प्रकाशित मितिः असार २६, २०८१
    • १९४ पटक पढिएको
  • बाढी–पहिरोमा परेर देशभर २५ बालबालिकासहित ८३ को मृत्यु, १०६ जना घाइते

    इटहरी । अविरल वर्षाका कारण आएको बाढी–पहिरो र डुबानलगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत २८ जेठदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत २८ जेठदेखि बुधबार बिहानसम्म बाढीपहिरोमा परेर एक सय ६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उनले बताए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् । उक्त समयमा बाढीपहिरोका कारण तीन स

    • प्रकाशित मितिः असार २६, २०८१
    • ४,३३७ पटक पढिएको
  • फ्रान्समाथि पुनरागमन जित, स्पेन युरो कपको फाइनलमा

    एजेन्सी । फ्रान्समाथि पुनरागमन जित निकाल्दै स्पेन युरो कप-२०२४ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति म्युनिखमा भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ गाेल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि उपाधि नजिक पुगेको हो। पहिलो हाफको नवौँ मिनेटमा फ्रान्सले सुरुवाती अग्रता बनाएको थियो। केलियन एमबाप्पेको क्रसमा रान्डाल कोले मुआनीको गोलमा फ्रान्सले अग्रता बनाएको थियो। तर खेलको २१औं मिनेटमा लामिन यमालको गोलमा स्पेन खेलमा फर्किएको थियो। जारी युरो कपमा उच्च प्रर्दशन गरिरहेका यामालले बक्स बाहिरबाट गरेको शसक्त प्रहारले पोष्टको जाली चुकेको थियो। त्यसको चार मिनेटपछि नै स्पेनले अग्रता द

    • प्रकाशित मितिः असार २६, २०८१
    • २८५ पटक पढिएको
  • यस वर्ष कञ्चनपुरमा भएको वर्षा नेपालको इतिहासमै ठूलो : मौसम विभाग

    कञ्चनपुर । यस वर्ष नेपालको इतिहासमै ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा यही असार २४ गते बिहान मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो। ‘मिति २०८१/०३/२४ गते बिहान ८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्यांकअनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मि.मि. (मिलिमिटर), हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ मि.मि. र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मि.मि. वर्षा भएको थियो’, विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,। ‘मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हालसम्म म

    • प्रकाशित मितिः असार २६, २०८१
    • ३९७ पटक पढिएको
  • रुसी सेनामा नेपालीलाई भर्ना बन्द, करिब डेढ सय नेपाली स्वदेश फिर्ता

    काठमाडाैं।  जेठ दोस्रो हप्तायता झण्डै डेढ सय नेपालीहरु रुसी सेनाबाट स्वदेश फिर्ता भएको सरकारी अधिकारीहरुले बताएका छन्।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको छ। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्। मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना नेपालीहरु दूतावासको सम्पर्कमा छन्। उनीहरुलाई राजदूतावासले आश्रयको व्यवस्था गरेको छ। स्वदेश फर्कन रुसी सेनाले स्वीकृति दिएपछि दूतावासको सम्पर्कमा पुगेका उनीहरुमा लमजुङ दुधपोखरीका नवर

    • प्रकाशित मितिः असार २६, २०८१
    • २९४ पटक पढिएको
  • देशैभरि मनसुनी वायु सक्रिय, काेशी सहित ६ प्रदेशमा मध्यम वर्षा , सुनसरीका खाेला तथा पैनीमा बाढीकाे चेतावनी

    इटहरी ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।यतिबेला (बुधबार बिहान) देशभर साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै  स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ।  कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।  कोसी, मधेस र गण्डकी प्रदेशका थो

    • प्रकाशित मितिः असार २६, २०८१
    • ३१८ पटक पढिएको
  • मध्यरात ताप्लेजुङ केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प

    इटहरी । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार गएराति १:४६ बजे  ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो।‘यो परकम्प होइन, भूकम्प नै हो’, भूकम्पविद् डा. अधिकारीले  भने, ‘तर यो क्षति पुर्‍याउने खालको भूकम्प होइन।’

    • प्रकाशित मितिः असार २६, २०८१
    • ३४१ पटक पढिएको
  • कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)

    इटहरी । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति निर्धारण गरेको छ । आज (मंगलबार) सूचना जारी गर्दै शाखाले सन् २०२४ को कोरियन भाषा परीक्षाको मिति निर्धारण गरेको हो ।परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ । परीक्षाका लागि साउन ७ देखि ११ गतेसम्म फाराम वितरण तथा दर्ता गरिने छ भने भदौ २८ गते परीक्षा तालिका सार्वजनिक गरिने छ । यस्तै परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

    • प्रकाशित मितिः असार २६, २०८१
    • २२७ पटक पढिएको
  • युवती ‘जिस्क्याएको’ निहुँमा ‘ग्याङ फाइट’ : एक युवकको हत्या, चार जना पक्राउ

    इटहरी । मोरङको विराटनगरमा सोमबार राति युवाको दुई ग्याङ (समूह) बीचको झडप हुँदा एक २१ वर्षीय युवकको ज्यान गएको छ । युवकको हत्या आरोपमा प्रहरीले एक नाबालकसहित चार जनालाई पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–२, नेपाल टेलिकम नजिकै भएको दुई समूहबीचको झडपमा कटहरी गाउँपालिका–१, जमटोकीका करण कामतको हत्या भएको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सोमबार राति १० बजेतिर अघिल्लो दिनको सामान्य विवादले ग्याङ फाइटको रूप लिएको थियो । जसमा कामतको ज्यान गएको हो ।भिडन्तमा कामतको छाती र कम्मरमा कैंचीले गहिरो चोट लागेका थियो । लगतै उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर

    • प्रकाशित मितिः असार २६, २०८१
    • १३३ पटक पढिएको
  • बाँकेमा धान रोपिरहेको बेला चट्याङ लागेर २ महिलाको मृत्यु, १ घाइते

     बाँके । बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्।राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा मंगलबार साँझ धान रोपिरहेको बेला चट्याङ लागेर दुई महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन्।चट्याङले लागेर गम्भीर घाइते भएका विक र उपाध्यायको स्थानीय अस्पतालमा उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो। घाइते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरील

    • प्रकाशित मितिः असार २६, २०८१
    • २२० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल