All Posts By इटहरी खबर संवाददाता

    Showing १,९५१-१,९६० of ३,०८७ items.
  • बाढीले कैलालीका भजनी र टीकापुर नगरपालिकाका ४८७ परिवारको बिचल्ली

    कैलाली । लगातारको वर्षापछि आएको बाढीले कैलालीका भजनी नगरपालिकाका ३ सय १३ र टीकापुर नगरपालिकाका १ सय ७४ परिवार विस्थापित भएका छन्। विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्।भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित छ। भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिए।“विस्थापितहरू खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन”, उनले भने, ‘‘पालिकाले एक हजार आठ सय बोतल पानी

    • प्रकाशित मितिः असार २५, २०८१
    • १८६ पटक पढिएको
  • आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अन्य प्रदेशमा के छ अवस्था ?

    इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले बिहान देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज (मंगलबार) दिउँसो देशभर साधारणतया बदली रहने छ ।कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

    • प्रकाशित मितिः असार २५, २०८१
    • ३५९ पटक पढिएको
  • जेठ २८ यता विपदका घटनामा परी ७४ जनाको मृत्यु : ५ जना बेपत्ता , २२ सय ९६ घर परिवार विस्थापित

    इटहरी । अविरल वर्षाका कारण गत जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म ७४ जनाले ज्यान गुमाएका छन् ।बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १८ जना, मधेस प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा ७४ जनाको मृत्यु भएको हो । काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदे

    • प्रकाशित मितिः असार २४, २०८१
    • ३,५३० पटक पढिएको
  • आसाममा बाढीको कहर : २३ लाख मानिस प्रभावित

    काठमाडौं । भारतको आसाम राज्यमा बाढीका कारण २९ जिल्लाका २३ लाख मानिस प्रभावित भएका छन् । दराङ जिल्लाका ९८ गाउँ डुबानमा परेको आसामका जलस्रोतमन्त्री पिजुस हजारिकाले जानकारी दिए ।‘पछिल्लो समय दराङको स्थिति सुधार हुँदै गएको छ । ब्रह्मपुत्र नदीको पानीको सतह घट्दै गएको छ,’ उनले आइतबार दराङका बाढी प्रभावित क्षेत्रको भ्रमण गरेपछि भने, ‘यस पटक असममा चार वटा तटबन्ध भत्किएका छन् । नदी किनारमा धेरै विनाश भएको छ । हामीले अवस्थालाई गम्भीरतापूर्वक अनुगमन गरिरहेका छौँ । हामी जनतालाई मद्दत गरिरहेका छौँ ।’सरकारले यसै वर्ष प्रदेशमा दुई सय २० किलोमिटर नयाँ तटबन्ध निर्माण गर्न लागेको पनि मन्त्री हजारिकाले जानक

    • प्रकाशित मितिः असार २४, २०८१
    • ५७१ पटक पढिएको
  • बाढीले कैलालीको जनजीवन प्रभावित , शयाै परिवारले छाडे वासस्थान

    टीकापुर। लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ। कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ ।स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन्। नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरु बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नं ८ का सबै घर डुबानमा परेका छन् ।“निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सयौँ परिवार सरसामानसहित सडक तथा उच्च

    • प्रकाशित मितिः असार २४, २०८१
    • ३१५ पटक पढिएको
  • लुटेरासँग एसएलआर हतियार, ३ जना पक्राउ

    मुगु । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ  । आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो ।प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जान

    • प्रकाशित मितिः असार २४, २०८१
    • ११२ पटक पढिएको
  • प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?

    एजेन्सी । तौल घटाउन र कोलेस्ट्रोल–चिनी नियन्त्रणमा राख्न विश्वभर विभिन्न खालका व्रतका चलन बढेका छन् । ठुलो सङ्ख्यामा मानिसहरू इन्टरमिटेन्ट फास्टिङ गर्न थालेका छन् । यो यस्तो खालको व्रत हो जसमा पौष्टिक चीजहरू निश्चित समयमा सेवन गर्नुपर्छ ।उदाहरणका लागिः यसमा २४ घण्टामा १६ घण्टा भोकै बस्न र ८ घण्टामा केही हल्का खान सल्लाह दिइन्छ । तर सबै खालका मानिसलाई यस्तो प्रकारको फास्टिङ लाभदायक हुन्छ भन्ने छैन । हालै भएको एक अध्ययनमा अन्वेषकहरूले यो फास्टिङ बारे निकै ठुलो दाबी गरेका छन् ।‘इन्टरमिटेन्ट फास्टिङ कयौँ प्रकारले लाभकारी मानिएको छ तर यदि तपाईंलाई मुटुको रोग छ र यस्तो खालको व्रत बस्न

    • प्रकाशित मितिः असार २४, २०८१
    • ३५० पटक पढिएको
  • धरानका राजेश राई र इलामका रवि राईकाे भारतस्थित मेघालयमा बिभत्स हत्या

    इटहरी । गएको शनिबार भारतको मेघालयमा बीभत्स ढंगले हत्या गरेको अवस्थामा फेला परेका चार जनामध्ये दुईजना नेपाली भएको खुलेको छ। भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) डा.सुरेन्द्र थापाले मारिने दुई जना नेपाली भएको पुष्टि गरेका हुन्।मारिने दुई नेपालीमा इलामका रवि राई र धरानका राजेश राई छन्। उनीहरुको शव आफन्तलाई जिम्मा लगाइएको दूतावासले जनाएको छ। शनिबार मेघालयको उम्प्लेङ बजार नजिक घाँटी रेटेर हत्या गरेको अवस्थामा चार जनाको शव फेला परेको थियो। चारमध्ये दुई जना मेघालयकै स्थानीय भएको थापाले जानकारी दिएका छन्।

    • प्रकाशित मितिः असार २४, २०८१
    • २०० पटक पढिएको
  • देशका ८० वटा खानी खोजतलास गर्न विभागले दियो अनुमति

    इटहरी । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए।सोही समयमा आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ। चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताए।   यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार

    • प्रकाशित मितिः असार २४, २०८१
    • १५७ पटक पढिएको
  • चालु आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन, रातिदेखि सरकारी खाता एक हप्ताका लागि बन्द

    इटहरी । आज असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन्।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए। ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्’, रिजालले भने, ‘क

    • प्रकाशित मितिः असार २४, २०८१
    • ४७२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल