काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सधैभरी सबैलाई ठग्न नसकिने टिप्पणी गरेका छन् ।कांग्रेस–एमालेसँगको सहमतिपछि सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्, ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं !’आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन् । खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन्
काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने भएसँगै शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । शेयर आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै अहिले कारोबार रोकिएको छ ।सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको हो । शेयर बजार १ मिनेटमै ८२ अङ्कभन्दा धेरैले बढेर २ हजर १ सय ३५ विन्दुमा पुगेर रोकिएको छ । २० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।अहिले कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने भएका छन् । आज (मंगलबार) बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ विश्वासको मत लिने निर्णय गरेको हो ।बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीबाट तत्काल राजीनामा नदिने र संसदको फेस गर्ने निर्णय भएको जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । गणित शो गर्न जाने । संसद फेस गरेर विश्वासको मत लिएर अगाडि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ । पार्टीको तर्फबाट एकमतले विश्वासको मतको सामना गर्ने नै छ । विभिन्न पक्षसँग छलफल गर्ने कुर
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । सरकारी वकिलको कार्यालयमा हाजिर गराएर उनलाई आजै म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिने छ ।उनलाई प्रहरीले शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो ।हिजो (शनिबार) बिदा भएकाले थापालाई म्याद थपका लागि आइतबार अदालतमा पेश गर्न लागिएको हो । उनी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । भुटानी शरणार्थी प्रकरणमा जोडिएका उनी लामो समयदेखि फरार थिए । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोग दर्ता गरिएको छ
झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरी समेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए ।जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ । स्थानीय ठगा रायकी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको हत्या भएको हो । कृष्णादेवीको शव शनिवार राति अबेर घरदेखि करिब पाँच सय मिटर पूर्व आफ्नै मकै खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।महिलाको शव फेला परेकोबारे शनिवार राति ९ः३० बजे प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखि
धनुषा । राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ।राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरणअनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन्।यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेरमुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो सङ्ख्या ३७.२ प्रतिशत हुन्छ।अठार र २० वर्ष उमेरबीच विवाह गर्ने ३९.५ प्रतिशत छन्। दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन्।उमेर नपुगी विवाह भएका महिला ३९.५ को आधा हुँदा कूल उमेर नपुगी विवाह हुनेको सङ्ख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको बालविवाहविरुद्ध सामाज
दाङ । दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्।पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका २५० जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका हुन्।राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका अनुसार साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन्।उनले ‘बी प्लस’ ग्रेड ल्याएका छन्। विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी थिए .। सोही पालिकाबाट जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६, शंकर मावि खरदरियाबाट ४५ , माध्यमिक विद्यालय दुलैयाबाट नौ, बालकल्याण
एजेन्सी । भारतलाई १७ वर्षपछि विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्माले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । शनिबारको खेलपछिको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी–२० विश्वकपको फाइनल नै उनको टवान्टी–२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताएका हुन् ।रोहित शर्माले पत्रकार सम्मेलनमा भने, ‘यो मेरो अन्तिम प्रतिस्पर्धा गियो । मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ रोहित शर्माले टेष्ट र एकदिवसीय क्रिकेट भने खेलिरहने छन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको छ । पूरा प्रतियोगिता अ
एजेन्सी । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् । भारतलाई अपराजित रहँदै च्याम्पियन बनाउन बुमराहले प्रतियोगिताभर शानदार प्रदर्शनका साथ १५ विकेट लिएका थिए ।बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २–२ विकेट लिएका थिए । अफगानिस्तान र पाकिस्तानसँग ३–३ तथा अष्ट्रेलियासँग १ विकेट लिएका थिए ।भारतले शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको थियो । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विक