All Posts By इटहरी खबर संवाददाता

    Showing २,०५१-२,०६० of ३,०८७ items.
  • अदालतद्वारा इमरान खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज

    एजेन्सी । इस्लामाबादको एक अदालतले बिहीबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रमतीको विवाहलाई इस्लामिक कानुनअन्तर्गत अवैध ठहर गरी दिइएको कारागारको सजाय निलम्बन गर्ने निवेदनलाई खारेज गरेको छ । सन् २०२२ अप्रिलमा अपदस्थ भएपछि खान दुई सय बढी कानुनी मुद्दामा फसेका छन् ।उनले यसलाई आफूलाई सत्ताबाट बाहिर राख्ने अभियान भनेका थिए । ७१ वर्षीय खान र उनकी श्रीमती बुशरा बिबी दुवैलाई इस्लामिक कानुनअनुसार बिबीको सम्बन्धविच्छेद भए लगत्तै विवाह भएको कसुरमा फेब्रुअरीमा सात वर्षको कारागार सजाय सुनाइएको थियो ।इस्लामाबाद जिल्ला अदालतमा रहेका एएफपीका पत्रकारहरूका अनुसार एक न्यायाधीशले उनीहरूको सजाय नि

    • प्रकाशित मितिः असार १४, २०८१
    • २३७ पटक पढिएको
  • विश्वकप क्रिकेट : इङ्ल्याण्डलाई रोमाञ्चक रुपमा हराउँदै भारत फाइनलमा

    एजेन्सी । भारत आइसिसी टी–ट्वेन्टी विश्वकपको फाइनल प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।गुयनामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६ दशलमव ४ ओभरमा १३ रनमा समेटियो । इङ्ल्याण्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित

    • प्रकाशित मितिः असार १४, २०८१
    • २२८ पटक पढिएको
  • मनसुन थप सक्रिय : आइतबारसम्म धेरै ठाउँमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

    इटहरी । नेपालमा मनसुन थप सक्रिय भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ । चितवनको कल्याणपुर र चर्चरे, काठमाडौंको गोंगबु र कपन तथा सिन्धुपाल्चोकको गोब्रे र मानेखर्कमा ठूलो पानी परेकाले त्यस आसपासका नदी खोला किनारमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।पर्सी आइतवारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुने भएकाले पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात नेपाल नजिक अवस्थित रह

    • प्रकाशित मितिः असार १४, २०८१
    • १७७ पटक पढिएको
  • सिन्धुपाल्चोकको हेलम्बु केन्द्र भएर भूकम्प

    इटहरी । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गए राति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गए राति वर्षाको बेला भूकम्प जाँदा त्रसित भएका थिए । भूकम्पले क्षति गरे-नगरेकोबारे जानकारी आएको छैन । गए राति हेलम्बुमा गएको भूकम्पको धक्का धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।

    • प्रकाशित मितिः असार १४, २०८१
    • २५७ पटक पढिएको
  • कोदालोले हानेर भाउजुको हत्या

    महोत्तरी । आफ्नै ५० वर्षीया भाउजु रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।घरायसी विवादका क्रममा रामजतनले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारका क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः असार १३, २०८१
    • २३५ पटक पढिएको
  • श्रीमानले चलाएको मोटरसाइलबाट लडेर श्रीमतीको गयो ज्यान

    कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ गनवरियास्थित सडकमा श्रीमानले चलाएको मोटरसाइकलमा लडेर श्रीमतीको मृत्यु भएको छ ।लु.६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीय किसलावती ठाकुरको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।इनारमा डुबेर बालिकाको मृत्युयस्तै कपिलवस्तु महाराजगञ्ज नगरपालिका–१ पल्टा इनारमा डुबेर एक स्थानीय बालिकाको मृत्यु भएको छ । रामदास कुर्मीकी छोरी ७ वर्षीया अनिता कुर्मीको सार्वजनिक इनारमा डुबेर

    • प्रकाशित मितिः असार १३, २०८१
    • १६६ पटक पढिएको
  • राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्समा एक मन्त्री पक्राउ

    एजेन्सी । माल्दिभ्सका राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरण मन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुई जनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,’ नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए ।‘राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,’ स्थानीय अनलाइन आउटलेट (सञ्चार माध्यम) द सनले जानकारी गराएको छ । मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अ

    • प्रकाशित मितिः असार १३, २०८१
    • १८५ पटक पढिएको
  • घनश्यामलाई सघाउने भन्ने कुरा बेकारका, मेरै नाममा सहमति हुन्छ : खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षबाट पछि नहटेको स्पष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खनालले आफू अध्यक्षबाट ब्याक भएको भन्ने कुरा बेकारका रहेको बताए ।घनश्याम भुसाललाई समर्थ गर्नु भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा खनालले भने, ‘होइन, बेकारको कुरा गर्नु हुन्छ । हामी सब एकतावद्ध भएर सहमतिका साथ जाने हो ।’तपाईंको नाममा सहमति हुन्छ ? भन्ने अर्को प्रश्नमा खनालले प्रतिप्रश्न गरे, ‘ किन नहुनु ? नहुनु पर्ने केही कारण छ ?’ एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म का

    • प्रकाशित मितिः असार १३, २०८१
    • १६१ पटक पढिएको
  • घर–जग्गा कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौँ । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगाी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घर जग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए ।उनले भने, ‘सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा ३

    • प्रकाशित मितिः असार १३, २०८१
    • ३३६ पटक पढिएको
  • राति ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

     इटहरी । बुधबार बेलुका मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली (आकाशभरि बादल) रही देशका बाँकी स्थानमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविदले जनाएका छन् ।बागमती र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । यस क्रममा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोसी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

    • प्रकाशित मितिः असार १२, २०८१
    • ३१९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल