काठमाडौँ । प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ । यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।‘साउनदेखि सिंहदरबार प्रवेशका लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज हुनेछन्, कसले पास लिए त्यसको रेकर्ड पनि रहने भएकाले अब इ–गेटपास प्रणाली प्रयोगमा ल्याइनेछ’, उनले भने ।विगतमा विभिन्न मन्त्रालयबाट
मोरङ । मोरङ केराबारी गाउँपालिका–४ स्थित गोगुने खोलाको बाढीले बगाएका पाँचमध्ये एक बालकको मृत्यु भएको छ । मंगलबार विद्यालय जाँदै गरेका बालबालिकालाई बाढीले बगाएको थियो ।तीमध्ये चार जनाको उद्धार गरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । केराबारी–४ का चित्रबहादुर राईका ११ वर्षीय छोरा श्याम राई साथीहरूसँग स्कुल जाने क्रममा गोगुने खोलामा आएको बाढीले बगाउँदा बेपत्ता थिए । आफन्तले खोज तलासको क्रममा खोलाको किनारमा उनको शव भेटिएको हो ।उनीसँगै विद्यालय जाँदै गरेका १४ वर्षीय भरत राई, १३ वर्षीय अनुप राना, १२ वर्षीय प्रबिन राई र १२ वर्षीय अर्पन लिम्बूलाई खोलाले बगाउँदै गरेको
मोरङ । लगातारको वर्षापछिको पानीले निकास नपाउँदा विराटनगर जलमग्न भएको छ । गए रातिदेखि परेको वर्षाले महानगरका १९ वटै वडावासी डुबानबाट प्रभावित बनेका छन् । डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएका छन् । सडकभन्दा माथि नाली निर्माण हुनु र नालीको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ ।महानगर–३ को हिमाली मार्ग, फिफा, त्रिमार्ग, आस्था र मितेर मार्गका ९० प्रतिशत घर डुबानमा परेका छन् । स्थानीय वासु भण्डारीकाअनुसार पहुँचका आधारमा सडक र नाला निर्माण गरेर पानीको निकास नगर्दा वडाको पुरै बस्ती नै डुबानमा परेको हो । उनकाअनुसार हिमाली मार्ग अन्तर्गतका घरको भुई तलामा पानी छिर
झापा । झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो ।जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा रु तीन करोड ४७ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ । मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक बस र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरिएको हो ।चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार नौ सय ५७ कार-जीपका चालकलाई कारबाही गरिएको छ । यसैगरी १४ हजार सात सय ४१ मोटरसाइकल चालक, नौ हजार सात सय ७४ ट्रक चालक, एक हजार पाँच
काठमाडौं । भारी वर्षासँगै मंगलबार गएको पहिरोमा परी कास्कीमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका तीन वर्षीय अनमोल सुनार छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घर पछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।त्यस्तै पहिरोमा परी पोखरा–२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको ५ । पहिरोमा
काठमाडौँ । जारी टी– २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन् ।सुपर आठको समूह–१ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समूह–२ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् । अब सेमिफाइनलका दुवै खेल बिहीबार हुनेछन् । बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुनेछ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६ः१५ बजेदेखि शुरु हुनेछ ।दक्षिण अफ्रिका
काठमाडाैं । ‘झलनाथ खनाल सर्पपालन प्रतिष्ठान’ मा भएको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादवसहित पाँच जना दोषी ठहर भएका छन् । सर्पदंश उपचार केन्द्र स्थापनार्थ राज्यको ढुकुटीबाट रकम खर्च हुने गरी पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेट हिनामिना गरेको अभियोगमा मधेश सरकारका तत्कालीन मन्त्री विजय कुमारसहित पाँच जना दोषी ठहरिएका हुन् ।मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वमन्त्री कुमारसहित पाँच जनालाई दोषी ठहर गरेको हो । दोषी ठहराइएकाहरूमा
लमजुङ । लमजुङको क्ब्होंलासोथर गाउँपालिका–३ मा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गए राति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परी चार जनाको मृत्यु भएको हो ।स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको वडासदस्य विनप्रसाद घलेले जानकारी दिएका छन् । पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षीय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षीया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो ।रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडास
इटहरी । देशका विभिन्न भू–भागमा आज (बुधबार) वर्षाको सम्भावना छ । कोशी, मधेस, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।वागमती, कोसी, गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित बिहानैदेखि हल्कादेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश
आबुधावी । संयुक्त अरब एमिरेट्स युएई (दुबइ) को आबुधावीमा सडक दुर्घटनामा परी रुपन्देहीका एक ३५ वर्षीय युवाको ज्यान गएको छ । आइतवार सार्वजनिक विदाको दिन राति आबुधावीको बनियास चाईन क्याम्प नजिक सडकमा बसले ठक्कर दिंदा रुपन्देही गजेडी–१ का तारानाथ चापागाईंको ज्यान गएको हो ।चापागाईं पछिल्लो साढे दुई वर्षयता आबुधावीस्थित सल्भ क्लिनिङ एलएलसी कम्पनीको इतिहाद रेल क्षेत्रमा सरसफाइ कामदारको रुपमा कार्यरत थिए । सार्वजनिक विदाको दिन आइतवार साथीभाइ बसेर रमाइलो गरेको र आफूहरु बसोबास गर्ने मजदुर क्याम्प फर्किने बेला सडकमा बसले ठक्कर दिँदा चापगाईंको ज्यान गएको उनीसँगै काम गर्दै आएका सहकर्मीहरुले जनाएका छन्