All Posts By इटहरी खबर संवाददाता

    Showing २,०९१-२,१०० of ३,०८७ items.
  • आयोजक अमेरिकालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

    एजेन्सी। आईसीसी टी–२० विश्वकपअन्तर्गत गए राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा शुरुवाती ब्याटिङ गरेको अमेरिका ११५ रन बनाउँदै अलआउट भएको थियो । ११६ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९.४ ओभरमा कुनै पनि विकेट नगुमाई ११७ रन बनाएर लक्ष्य पूरा गरेको हो ।अमेरिकाका लागि स्टिभन टेलरे १२ तथा एन्ड्रिज गउजले ८ रन जोडे । त्यस्तै नितिश कुमारले ३०, एरोन जोन्स १०, कोरी एन्डरसन २९, मिलिन्द कुमार ४, हरमित सिंह २१ रनमा आउट भए । साडली भान सचलकेवाक शून्यमा नटआउट हुँदा अन्य ब्याटरहरू शून्यमै आउट भए ।इङ्ल्याण्डका लागि चेरिस जोर्डनले ह्याट्र

    • प्रकाशित मितिः असार १०, २०८१
    • २५२ पटक पढिएको
  • सात वर्षको प्रेमपछि वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

    मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा २०८१ असार ९ गते आइतबार विवाह गरेका हुन् ।सोनाक्षी र जहीरको परिवारले न हिन्दू र मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरुले कोर्ट म्यारिज गरेका थिए । विवाह दर्तापछि उनीहरुले मुम्बईको वर्लीमा रिसेप्सनको आयोजना गरेका थिए, जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरुको सहभागिता रहेको थियो ।विवाहपछि सोनाक्षी र जहीरले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सात बर्षदेखिको सम्बन्धलाई विवाहमा पर

    • प्रकाशित मितिः असार १०, २०८१
    • ३२४ पटक पढिएको
  • बिर्तामोड–शनिश्चरे ६ किलाेमिटर सडक कालोपत्र गर्दा सकियाे १५ कराेड

    झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएको छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए ।‘बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।’ बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उनले बताए । सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदे

    • प्रकाशित मितिः असार १०, २०८१
    • १६० पटक पढिएको
  • विद्यालय र कक्षा काेठा भित्रै पसेकाे भिरमाैरीले टाेक्दा १३ जना घाइते, प्रअसहित तीनको अवस्था गम्भीर

    रुकुम पश्चिम । रुकुमपूर्वमा भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन् । मौरीको टोकाइबाट जिल्लाको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन् ।आइतबार बिहान विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासी आएको भीर मौरीले टोक्दा विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएको स्वास्थ्य चौकी रुकुमपूर्वका अहेव हेमराज ओलीले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था जटिल रहेको उनले बताए ।उनका अनुसार मैरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उनकी आमा रुचि रोका छन् । उनीहरूलाई सामान्य

    • प्रकाशित मितिः असार १०, २०८१
    • २८९ पटक पढिएको
  • आजकाे माैसम : काेशीकाे पहाडी भेगमा बिहानै देखि वर्षा , २४ घण्टामा कहा कति पर्याे पानी ?

    इटहरी । अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।भारी वर्षा हुने क्ष

    • प्रकाशित मितिः असार १०, २०८१
    • ४४९ पटक पढिएको
  • अन्तःशुल्क स्टिकर खरिदमा ३८ करोड भ्रष्टाचार : मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध मुद्दा दर्ता गरेको छ । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा अर्यालको संलग्नता देखिएको भन्दै उनीविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अर्याल सञ्चार मन्त्रालयका सचिव रहँदा भएको उक्त घोटाला प्रकरणमा उनको समेत संलग्नता देखिएको हो ।अख्तियारले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा ३८ करोड भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो । विशेष अदालतमा भर्खर पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शा

    • प्रकाशित मितिः असार ९, २०८१
    • १९७ पटक पढिएको
  • कोशीका मुख्यमन्त्रीविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा

    इटहरी । कोशी प्रदेश सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज (आइतबार) पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । गत जेठ ३१ गतेको सनुवाइ हेर्दाहेर्दैमा सकिएपछि आज (असार ९) गतेका लागि पेसी तोकिएको थियो । आज पनि कानुन व्यवसायीको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । यो रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको पूर्ण इलजासमा सुनुवाइ भइरहेको छ ।यसअघि गत जेठ ३१ गते पनि यिनै तीन न्यायाधीशको इजलासमा बिहीबार दिनभर सुनुवाइ भएको थियो । संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार अन्तिम विकल्प भएकाले अर्को सरकार गठन हुन नस

    • प्रकाशित मितिः असार ९, २०८१
    • ३४४ पटक पढिएको
  • एकै दिन प्रतितोला दुई हजार सात सयले घट्यो सुनको भाउ

    इटहरी । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गएको शुक्रबारको तुलनामा सुनको मूल्य यो साताको पहिलो दिन आइतबार प्रतितोला दुई हजार सातसय रूपैयाँले घटेको हो ।आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ३ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आइतबार प्रतितोला ५० रूपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः असार ९, २०८१
    • ३५५ पटक पढिएको
  • अन्तरिक्षमा ३२२ दिन बिताएकी सुनितालाई फर्काउन पर्‍यो समस्या

    एजेन्सी । नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा उपस्थित अन्य आठ जना चालक दलका सदस्यहरूका लागि फेरि एक पटक ठूलो समस्या खडा भएको छ । नासाले शुक्रबार अन्तरिक्ष यात्रीहरूको पहिलो चालक दल बोकेको बोइङ स्टारलाइनरको फिर्ती तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको छ । नासाले फर्किने नयाँ मिति पनि दिएको छैन ।अहिले अन्तरिक्ष यात्रीको फिर्तालाई लिएर धेरै प्रश्न उठिरहेका छन् । मिसनका दुई अन्तरिक्ष यात्री फर्कनेबारे फेरि अनिश्चितता बनेको हो । परीक्षण र प्राविधिक कारणले पहिले नै ढिलाइ भएको बताइएको छ । यसअघि नासाले अन्तरिक्ष यानको फिर्ता जुन २६ मा

    • प्रकाशित मितिः असार ९, २०८१
    • ४८७ पटक पढिएको
  • केदार कार्कीको रिटमा सुनुवाइ हुँदै

    इटहरी । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति खारेजी र आफूलाई पुनर्वहाली माग गर्दै दायर रिटमा आज (आइतबार) सुनुवाइ हुँदैछ । जेठ ३१ गते भएको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा सकिएपछि आजका लागि पेशी तोकिएको थियो ।उक्त रिट सुनुवाइका लागि नकुल सुवेदी, कुमार रेग्मी र अब्दुल अजिज मुसलमान सम्मिलित पूर्ण इजलासमा पेशी चढेको छ । जेठ ३१ गतेको सुनुवाइमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, शम्भु थापा, बद्रीबहादुर कार्की, हरिहर दाहाल, ललित बस्नेत शतिसचन्द्र खरेल, अपूर्व खतिवडाले बहस गरेका थिए। बिहीबार निवेदकका तर्फका कानून व्यवसायीको तर्फबाट मात्रै बहस भएको थियो। अब प्रतिवादीका तर्फबाट

    • प्रकाशित मितिः असार ९, २०८१
    • ३३४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल