All Posts By इटहरी खबर संवाददाता

    Showing २,१२१-२,१३० of ३,०८७ items.
  • प्रतिनिधिसभा बैठक : सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

    इटहरी । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। त्यसैगरी आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम पनि छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, उद्

    • प्रकाशित मितिः असार ६, २०८१
    • १०० पटक पढिएको
  • ‘सुपर एट’को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित

    एजेन्सी ।  आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा आयोजक अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको छ। गएराति भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा १ सय ७६ रन मात्र बनाउन सक्यो। अमेरिकालाई कम स्कोरमा रोक्न कागिसो रवाडाले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३२ रन दिए। केशव महाजन, एनरिच नोर्तेज  तब्राहिज साम्सीले समान १ विकेट लिए। अमेरिकाका एन्ड्रिस जोसले सर्वाधिक ० रनको योगदान दिएपनि टोलीको हार टार्न स

    • प्रकाशित मितिः असार ६, २०८१
    • ३२७ पटक पढिएको
  • अबकाे तीनदिन देशभर वर्षाकाे सम्भावना : काेशी प्रदेशकाे खाेला तथा पैनीमा बाढीकाे चेतावनी , सतर्कता अपनाउन आग्रह

    इटहरी । आज (बिहीबार बिहानै) कोसी र मधेस प्रदेशमा पूर्णतया बदली (आकाशभरि बादल) बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली (आकाशमा बादल) तथा देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मुख्यतया सफा (आकाश लगभग खुला) छ। अनि कोसी, मधेस र बागमती प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाले बिहीबार (आज) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी ठाउँमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस

    • प्रकाशित मितिः असार ६, २०८१
    • २३९ पटक पढिएको
  • पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध

    लमजुङ । पहिरोका कारण लमजुङको बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ। अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । लमजुङ प्रहरीका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। त्यसैगरी सोही सडकमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ।  हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ। बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो। यहाँ पहिरो नियन्त्रणका न

    • प्रकाशित मितिः असार ६, २०८१
    • १६८ पटक पढिएको
  • ट्रक चालक हत्या प्रकरण : फरार अटो चालक पनि पक्राउ, समातिनेको संख्या ५ पुग्यो

    बैतडी । बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक ४६ वर्षीय वीरभानसिंह विष्टको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ परेका छन्।घटनापछि फरार अटो चालक पाटन नगरपालिका-१ का आशिष पहरीलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक भुपाल थापाका अनुसार पाटन नगरपालिका–७ स्थित जंगलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यसअघि डडेल्धुराबाट पक्राउ परेका पाटन नगरपालिका–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर भट्टराईले पहरीले आफूहरूलाई वीरभानसिंहको शव व्यवस्थापनका लागि बोलाएको बयान दिएका थिए। प्रहरी नियन्त्रणमा रहेकी शिक्षिका भागरथी विष्टले श

    • प्रकाशित मितिः असार ५, २०८१
    • ४५३ पटक पढिएको
  • स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी स्वदेश फर्किए राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उनी स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश फर्किएका हुन् । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरे ।त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुुख एवं प्रतिनिधि उप

    • प्रकाशित मितिः असार ५, २०८१
    • १९२ पटक पढिएको
  • नोबेल पुरस्कार विजेता मोहम्मदीलाई एक वर्षको कारागार सजाय

    एजेन्सी । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको छ ।इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ । ‘मोहम्मदीलाई प्रणालीविरुद्ध गलत प्रचार गरेको आरोपमा एक वर्षको कारागार सजाय दिइएको छ’, वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । यो सजाय जारी गर्नुको कारणमा संसदीय निर्वाचनको बहिष्कार गर्ने आह्वान, स्विडिस र नर्वेली सांसदलाई पत्र र ‘श्रीमती दिना गालिबफका बारेमा टिप्पणी भएको उनले बताए ।मोहम

    • प्रकाशित मितिः असार ५, २०८१
    • २२८ पटक पढिएको
  • रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीको कारवाही

    इटहरी । अमेरिका र वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा झगडा (विवाद) गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो ।नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो । नेपाली स्किपर रोहित पौडेलसँग उनले खेलकैबीच विवाद गरेका थिए । तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ ।२.१२ को व्यवस्था

    • प्रकाशित मितिः असार ५, २०८१
    • २२१ पटक पढिएको
  • प्रहरी जवान करिश्मा मृत्यु प्रकरण : एक २७ वर्षीय युवक पक्राउ

    सिरहा । सिराहामा महिला प्रहरी जवानको मृत्यु घटनामा एक जना युवक पक्राउ परेका छन् । गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय सिरहाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा प्रहरी जवान २५ वर्षीया करिश्मा सुनार झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।बाँके खजुरा गाउँपालिका–४ बस्ने करिश्माले आत्महत्या गरेको खुलेको छ । सो घटना अनुसन्धानका क्रममा आत्महत्या दुरुत्साहन आरोपमा दैलेखको खरिगैडा घर भई हाल बाँकेको बैधनाथ गाउँपालिका–२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । थापालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याएर आत्महत्या दुरुत्साह

    • प्रकाशित मितिः असार ५, २०८१
    • २७५ पटक पढिएको
  • ६० मेगावाट क्षमताको कुलेखानीमा २० मेगावाट मात्र विद्युत् उत्पादन , किन भयाे यस्ताे ?

    हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो ।कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार एक हजार पाँच सय ३० मिटर गहिराईको पानीमा संचालन हुने कुलेखानी जलाशयको सतह घटेर एक हजार चार सय ८५ मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले उत्पादन गरिरहेको छ । पछिल्लो समय पानी नपरेकाले जलविद्युतको महत्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी

    • प्रकाशित मितिः असार ५, २०८१
    • २३८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल