All Posts By इटहरी खबर संवाददाता

    Showing २,१४१-२,१५० of ३,०८७ items.
  • ५० दिन बन्द हुदै मनकामना केवलकार ,कारण यस्ताे छ

    काठमाडौं । गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मर्मत–सम्भार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । ‘नियमित मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही असार ३१ गतेदेखि आगामी असोज १० गतेसम्म केबुलकार बन्द गर्न लागिएको हो,’ शेरचनले भने ।सेवा बन्द गरेर केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा) समेत फेर्ने तयारी भएको उनले जानकारी दिए । मनकामना केबुलकार प्रालिले एक महिना अगाडि नै सूचना निकालेर यात्रुलाई सेवा बन्द हुने विषयमा जानकारी गराएको हो । नेपालमा पहिलो

    • प्रकाशित मितिः असार २, २०८१
    • २५१ पटक पढिएको
  • युरोकप–२०२४ : इटाली र स्पेनको विजयी शुरुवात

    एजेन्सी । युरोकप–२०२४ को समूह ‘बी’ मा रहेका दुई ठूला टिम इटाली र स्पेनले शनिबार शानदार विजयी शुरुवात गरेका छन् । डिफेन्डिङ च्याम्पियन इटालीले प्रतियोगिताकै इतिहासमा सबैभन्दा चाँडै गोल खाए पनि उपाधि रक्षा गर्ने क्रममा पुनरागमन गर्दै अल्बानियालाई २–१ ले पराजित गर्न सफल भएको छ ।अल्बानियाका नेडिम बज्रामीले २३ औं सेकेण्डमा गोलको खाता खोल्दै इटालीलाई स्तब्ध पारेका थिए । तर खेलको ११ औं मिनेटमा इटलीका लागि अलेसान्ड्रो बास्टोनीले बराबरी गोल फर्काए । त्यसपछि खेल पूर्णतः इटालीको पक्षमा रह्यो र निकोलो बारेलाले विजयी गोल गरे ।स्पेनको जित भने सहज रह्यो । स्पेनले क्रोएसियालाई ३–० ले हराएको छ । स्पेनका त

    • प्रकाशित मितिः असार २, २०८१
    • ४२७ पटक पढिएको
  • आज ज्येष्ठ शुक्ल दशमी : गंगा दशहारा पर्व मनाइँदै

    महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गंगा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गंगालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ ।गंगा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर आफू नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ । यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वा

    • प्रकाशित मितिः असार २, २०८१
    • १८४ पटक पढिएको
  • राष्ट्रपति पौडेल पुगे बर्लिन , भोलि औपचारिक भेटवार्ता

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । उनी आफ्ना समकक्षी डा फ्र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् ।राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ । राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका पररा

    • प्रकाशित मितिः असार २, २०८१
    • २६४ पटक पढिएको
  • आजकाे माैसम : काेशी र बागमतीमा चट्याङ सहितकाे वर्षा , अन्यमा के छ अवस्था ?

    इटहरी । अहिले देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् ।कोशी र मधेस प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधार

    • प्रकाशित मितिः असार २, २०८१
    • २४७ पटक पढिएको
  • घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ, अब कति ?

    इटहरी । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार (आज) मध्यरातिपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ पर्नेछ ।मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ । त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर,

    • प्रकाशित मितिः असार २, २०८१
    • ३१२ पटक पढिएको
  • आईसीसी टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित

    सुनसरी - आईसीसी टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित भएको छ। हारसँगै नेपाल सुपर-८ नपुगी समूह चरणबाटै बाहिरिएको छ। ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको हो।नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै अनिल साहले २७ रन बनाए।  दक्षिण अफ्रिकाका तबरइज शम्सीले ४ विकेट लिए भने एडन मारक्रम र एनरिच जोर्टजेले समान १–१ विकेट लिए।टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो। दक्षिण अफ्रिकाका रेजा हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए। यस्तै ट्रीस्टन स्टबसले २७ र कप्तान एडन म

    • प्रकाशित मितिः असार १, २०८१
    • ४२४ पटक पढिएको
  • नेपाललाई तेस्रो झट्का, अनिल साह पनि आउट

    इटहरी । नेपालले तेस्रो विकेट गुमाएको छ । आइसीसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको हो ।नेपालका अनिल साह २७ रन बनाएर आउट भएका हुन् । यसअघि नेपालका कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए भने कप्तान रोहित पौडेल शून्य रनमा आउट भएका थिए । जारी खेलको १५ ओभरमा नेपालले ३ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ ।

    • प्रकाशित मितिः असार १, २०८१
    • ४२३ पटक पढिएको
  • पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

    काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।उनले भने, ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो ।’ चार वटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि स

    • प्रकाशित मितिः असार १, २०८१
    • १९३ पटक पढिएको
  • सुनसरी , माेरङ ,झापा सहित देशकाे ७१ जिल्लामा फैलीयाे डेङ्गु संक्रमण

    इटहरी । डेङ्गु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको संक्रमण बढेको बताए ।उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए । ‘गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई ट

    • प्रकाशित मितिः असार १, २०८१
    • ४११ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल