इटहरी । अमेरिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा प्रवेश गरेको छ । वर्षा नरोकिएपछि आयरल्याण्डसँग अंक बाँड्दै अमेरिका समूह ‘ए’ बाट सुपर–८ मा प्रवेश गरेको हो । आयरल्याण्डसँग अंक बाँड्दै अमेरिका सुपर–८ मा प्रवेश गरेसँगै पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।सेन्ट्रल ब्राडवार्ड रिजनल पार्क रंगशालामा खेल वर्षाका कारण टससमेत नभई रद्द भएपछि अमेरिकाले चार खेलबाट ५ अंक जोडेर सुपर–८ मा स्थान सुरक्षित गरेको हो । ३ खेलबाट २ अंक जोडेको पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ । ३ खेलबाट ६ अंक जोडेको भारत भने समूह ‘ए’ बाट यसअघि नै सुपर –८ मा प्रवेश गरिसकेको छ ।समूह चरणबाटै बाहिरिएको पाकिस्तान पहि
इटहरी । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले दुई प्रदेशमा वर्षा भइरहेको जनाएको छ ।मनसुनको प्रभाव रहेको कोशी प्रदेश र स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि वर्षा भइरहेको महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशलगायत गण्डकी प्र
इटहरी - टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको हो।दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।
नवलपुर । नाला खन्ने क्रममा पुरिएर तीन महिला मजदुरको ज्यान गएको घटनालाई लिएर अहिले नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले नगर प्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नारावाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन् ।उनीहरुले नगरपालिकाको लापरवाहीले पुरिएर तीन महिलाको ज्यान गएको भन्दै नगर प्रमुख भुसालको राजीनामा माग्दै ढुङ्गामुढा र तोडफोड गरेका हुन् । नगरपालिका नजिकै जिल्ला प्रहरी कार्यालय रहे पनि घटनास्थलमा प्रहरी आउन ढिला हुँदा पालिकामा ठूलो क्षति पुगेको छ ।स्थानीय र मृतकका आफन्तले नगर प्रमुख भुसालको घरमा पनि तोडफोड गरेका छन् । उनीहरुले हिजो राति पनि भुसालक
झापा । झापाको शिवसताक्षी नगरपालिकामा दुई नाबालाक छोरासहित एक महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । शिवसताक्षी नगरपालिका–३ की अञ्जली बेस्रा र उनका दुई छोरा मृत अवस्थामा भेटिएका हुन् ।प्रहरीका अनुसार छोराहरू ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुष रहेका छन् । इलाका प्रहरी कार्यालय झिलभिलेका प्रहरी निरीक्षक अनिष बुढाथोकीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान अहिले वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् ।
बाँके । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरीमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् भने राजमार्ग अवरुद्ध पारेका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले गए राति टिपरको ठक्करबाट राप्तीसोनारी ९ स्थित ढकेरीमा मोटरसाइकल चलाइरहेका राप्तीसोनारी गाउँपालिका–८ का अन्दाजी ३५ वषीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै ज्यान गएको बताए ।उनका अनुसार गए राति अन्दाजी ९ः३५ बजेको समयमा कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ ख ३०१९ नम्ब
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जाने बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नु पर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् ।उनले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउदै वेस्ट इन्डिजको कन्डिसन बारे आफुहरु स्पष्ट नभएको बताउदै कप्तान रोहितले आफुहरुले कन्डिसन एडप्ट गरेर खेल्ने बताए । उनले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताए । रोहितले द
काठमाडौं । जारी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले सुपर–८ मा स्थान पक्का गरेको छ । अन्तिम खेल बाँकी हुँदै अफगानिस्तानले लगातार तीन खेलमा जित निकाल्दै सुपर–८ मा स्थान बनाएको हो ।समूह ‘सी’ मा अफगानिस्तानले पपुवा न्युगिनी (पिएनजी) लाई ७ विकेटले पराजित गरेसँगै न्युजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ । समूहबाट वेष्ट इण्डिज र अफगानिस्तान अपराजित रहँदै सुपर–८ मा प्रवेश गरे । अब अन्तिम खेलमा यी दुईबीच अपराजित रहने दौडका लागि प्रतिस्पर्धा हुनेछ ।टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले अन्तिम बल बाँकी हुँदा अलआउट हुँदै ९५ रन बनाएको थियो । उसका लागि किप्लिङ दोरीगाले २७ रन बनाउनु सर्वाधिक रह्यो ।
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ ।नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए ।जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएक
इटहरी । आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।बिहीबार दिउँसो नै वेस्ट इन्डिज पुग्ने तयारीमा रहेको नेपाली टोली खराब मौसमका कारण फ्लोरिडामा नै रोकिएको थियो। लगातार वर्षाका कारण उडान रद्ध भएपछि नेपाली टोली बिहीबार राति मात्र वेस्ट इन्डिज पुगेको हो। वेस्ट इन्डिज पुगेको नेपाली टोलीले त्यहाँ सन्दीपसहित अभ्यास समेत गरिसकेको छ। नेपालस्थित अमेरिकी दुतावासले दुई पटक सन्दीपको भिसा आवेदन रद्ध गरेपछि उनी बाँकी दुई खेलका लागि वेस्ट इन्डिज पुगेका थिए। नेपालले शनिबार बिहान दक्षिण अफ्रिकासँग खेल्ने तालिका छ। सो खेल बिहान सवा ५ बजे