इटहरी । चार दिनसम्म कोसी प्रदेशमै सीमित मनसुन (वर्षा गराउने मौसम प्रणाली) अहिले मेधस प्रदेशसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। मौसम महाशाखाका मौसमविद् मीनकुमार अर्यालले हाल मनसुन मधेस प्रदेशसम्म प्रवेश गरेको जानकारी दिए।‘मनसुन मधेस प्रदेशसम्म आइसकेको छ’, शुक्रबार बिहान उनले भने, ‘अहिले मधेसको ७० प्रतिशतजति भागमा मनसुन फैलिएको छ।’जसका कारण मधेस प्रदेशमा पनि आज बिहानैदेखि मनसुनी गतिविधि सुरु भइसकेको उनले बताए। ‘मधेसको आकाशमा अहिले बादल बढिरहेको छ’, मौसमविद् अर्यालले भने, ‘वर्षाको सम्भावना पनि छ तर आजै धेरै पानी पर्ने संकेत देखिएको छैन।’मधेससम्म मनसुन फैलिएको
काठमाडौँ । हेटौँडामा नव निर्मित देशकै ठूलो विद्युत् सबस्टेशनको आज (शुक्रबार) औपचारिक उद्घाटन गरिने भएको छ । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शुक्रबार) हेटौँडा आउँदै छन् ।मुलुकको विद्युत प्रशारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रशारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सकिएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको १५४ किलोमिटर ४०० किलोभोल्ट ‘
उदयपुर । भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनालाई विशेष अदालतले सफाइ दिएको छ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले बिहीबार यस्तो निर्णय गरेको हो।उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार कर्ण, प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल र निर्देशकहरू ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई सफाइ दिने निर्णय भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।अख्तियार दुरुपयोग
इटहरी । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।आज (शुक्रबार) दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि म
ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका चार जनाले ज्यान गुमाएका छन् । फक्तालुङ–२ खेजेनिममा गए राति खसेको पहिरोमा परेर गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूका बाबु, आमा र जुम्ल्याहा बहिनीहरुको मृत्यु भएको हो ।फक्ताङलुङ–२ खेजेनिममा राति घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परेर बुबा ७१ वर्षीय रामबहादुर लिम्बू, आमा जसमाया लिम्बू र बहिनीहरु १२ वर्षीया गंगा लिम्बू र जमुना लिम्बूको ज्यान गएको हो ।जसमाया गाउँपालिका उपाध्यक्ष रविनकी कान्छी आमा रहेको जनाइएको छ । उपाध्यक्ष लिम्बू भने घर बाहिर रहेकाले जोगिएको
इटहरी - आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई हराएको छ । गएराति भएको खेलमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बङ्ग्लादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाए । बङ्ग्लादेशका होसेनले ३ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । उसका शाकीब अल हसनले सर्वाधिक ६४ रन बनाए । नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २–२ विकेट लिए ।ज
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर आज दुई मजदुरको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए।पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए। खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको खोजी भइरहेको छ।ढल निकासीको ह्
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकको सिसेवा खोलामा आएको बाढीले पुलहरु बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ । वर्षासँगै बिहीबार बिहान आएको बाढीले पुल बगाएको स्थानीयले जानकारी दिएका छन् ।सिसेवाले बगाएर ल्याएको ढुङ्गा, माटो र गेग्रेनले तमोर नदीमा समेत ड्याम बनाएको वडाध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिएका छन् । तमोर नदीबाट पानीको निकास भइरहेकोले नदीको ड्यामले ठूलो क्षति पुर्याउन भने नसक्ने उनले आंकलन गरेका छन् । पानीको ड्याम बढे तापेथोक बगरमा रहेका प्रहरी चौकी, स्वास्थ्य चौकी र निजी घरमा भने असर पर्नसक्ने वडाध्यक्ष देउप्रसाद बताउँछन्
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए । पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेको निमित्त प्रहरी प्रमुख लामिछानेले जानकारी दिए । उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर
इटहरी । जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनी बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय हुन् ।सलको पासो लगाएर शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी सुनारको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एक अधिकृतले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।