All Posts By इटहरी खबर संवाददाता

    Showing २,२८१-२,२९० of ३,०५४ items.
  • दस हजार झोलुङ्गे पुल निर्माण

    काठमाडौँ । सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको थियो । उक्त अभियानलाई सफल बनाउन सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको स्थानीय पूर्वाधार विभागले जनाएको छ । पहिला दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि मात्र एउटा झोलुङ्गे पुलदेखि अर्को झोलुङ्गे पुलसम्म पुग्न सकिने अवस्था थियो ।अहिलेसम्म सरकारले कोशीमा दुई हजार १८३, मधेशमा २०१, बागमतीमा एक हज

    • प्रकाशित मितिः असोज ३, २०८०
    • १०४ पटक पढिएको
  • कित्ताकाट खुलेपछि चम्कियो घरजग्गा कारोबार

    काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली, २०८० पारित गरेसँगै ठप्पजस्तै रहेको घरजग्गा कारोबारमा १० प्रतिशतले वृद्धि भएको छ । नियमावलीका कारण मुलुकको समग्र अर्थतन्त्र नै धिमा हुनेगरी कित्ताकाट रोकिएपछि ठप्पजस्तै रहेको घरजग्गा कारोबार भदौ महिनामा चम्केको हो ।नेपाल राष्ट्र बैंकले असोजदेखि नै लागू हुनेगरी २ करोडसम्म घर निर्माण कर्जा दिने र ब्याजदर पनि स्थिर हुने जनाएपछि अब उप्रान्त भने घरजग्गा कारोबार चम्किने लक्षण झनै बढेको छ । बैंकहरूले घरजग्गा कर्जामा कडाइ गरेपछि निर्माण व्यापारसमेत शिथिल रहेकामा अब भने घर निर्माण बढ्न गई समग्र अर्थतन्त्र चलायमान हुने अपेक्षा गर्न

    • प्रकाशित मितिः असोज ३, २०८०
    • १२५ पटक पढिएको
  • यस्तो छ आजको मौसम

    काठमाडौँ । हाल मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि  सामान्य  बदली रहनेछ ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा    चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। आज राति भने  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेस,  बागमती,  गण्डकी  र 

    • प्रकाशित मितिः असोज ३, २०८०
    • ५०१ पटक पढिएको
  • आज संविधान दिवश: देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०

    • प्रकाशित मितिः असोज ३, २०८०
    • ९० पटक पढिएको
  • मोरङमा एक महिलाको भात पकाउने क्रममा जलेर मृत्यु

    विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा आगोले जलेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया भेडियन देवी माझी रहेकी छन् ।आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जली घाइते भएकी उनलाई उपचारको लागि आर्या न्यूरो अस्पताल विराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमको लागि कोसी अस्पताल विराटनगर पठाइएको छ ।

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १३६ पटक पढिएको
  • ताप्लेजुङमा आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ

    ताप्लेजुङ । ताप्लेजुङमा जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ ।शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा यही भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १२८ पटक पढिएको
  • एसिया कपः उपाधिका लागि भारत र श्रीलंका भिड्दै

    काठमाडौँ । एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा स्टेडियममा हुने फाइनलमा भारत र घरेलु टोली श्रीलंका भिड्दैछन् ।भारत र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।सर्वाधिक सफल टिम भारत आठौंपटक एसिया कपको उपाधि उचाल्न चाहन्छ भने श्रीलंका सातौंपटक उपाधि जित्ने होडमा छ ।भारत र श्रीलंका आठौंपटक एसिया कपको उपाधिका लागि भिड्दैछन् । यसअघि श्रीलंकालाई पाँचपटक पछि पार्दै भारतले उपाधि जितेको छ ।यता श्रीलंकाले पनि तीनपटक फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको छ । जारी प्रतियोगिताको सुपर फोरमा भने भारतले श्रीलंकालाई ४१ रनले

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १४८ पटक पढिएको
  • बीआरआई कार्यान्वयनमा ‘ब्रेक’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण औपचारिकतामा सीमित हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दाहालको चीन भ्रमणका क्रममा सहमति, समझदारी र केही हस्ताक्षरपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको विषयमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा कुनै प्रस्ताव पेस नगरे पनि अन्य समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने विषयमा निर्णय भएको छ ।चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा असोजको पहिलो साता दाहाल अमेरिकाबाट चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल हाङ्जाओ, बेइजिङ र चोङ्किङको भ्रमण गरी तिब्बत

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • ८८ पटक पढिएको
  • दाजुभाइको शत्रुताले स्वाहा भयो एक निर्दोष परिवार !

    काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्छन् ।  घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए । सःमिलमा काम गर्ने मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राईलाई दीपेन्द्रले कुटपिट गरेपछि छुट्याउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • ११९ पटक पढिएको
  • बालगीत ‘पंखहरु’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौंँ । बालगीत ‘पंखहरु’ सार्वजनिक भएको छ । भास्कर स्वारको शब्द तथा स्वारकै र सुवास पौडेलको संगीत तथा एरेन्ज रहेको गीतमा सुर्याश कार्की, सहर्ष स्वार, वासवी भट्ट, समय भट्ट, रिबिस्का आचार्य, अब्य रेग्मी, प्रज्ञा पोखरेल, प्रतिभा ठकुरी, भेरी कुमार, आध्या पौडेल, प्रतिभा ठकुरी, सुप्रभ जोशी, कृषा लोहनी लगायतको स्वर रहेको छ ।गीतको भिडियोमा भने बालबालिकाको बिभिन्न क्रियाकलपा देखाईको छ । भिडियो रविन श्रेष्ठ, अभिषेक गिरी र इलेक्स श्रेष्ठले तयार पारेका हुन् ।भिडियोमा पनि बालगायक गायिका देखिएका छन् । गीतको रेकडिङ ५१५० स्टुडियोमा स्टीवन तामाङले गरेका हुन् । 

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १५६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे