All Posts By इटहरी खबर संवाददाता

    Showing २,७५१-२,७६० of ३,०८७ items.
  • आज देशभर १५२ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५२ जनामा संक्रमण पुष्टि भएको हो।  ३ हजार २९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार १८६ जनाको पिसिआर र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २४४८ जना सक्रिय संक्रमित छन्। १३३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। 

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • १५१ पटक पढिएको
  • ब्राजिलमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु, २६ जना बेपत्ता

    काठमाडौं । उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुङ्गा डुब्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस्तै, २६ जना बेपत्ता भएका छन् ।माराजो टापुको कमारा र बेलेमको बीचमा रहेको डुङ्गा कोटिजुबा टापुको सामून्द्रिक तट साउदादेमा डुबेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।सार्वजनिक सुरक्षा सचिवालयका अनुसार जहाज यात्रु बोक्ने अधिकार नभएको र गोप्य बन्दरगाहबाट समुद्रतर्फ निस्किएको थियो ।अग्निनियन्त्रकहरुले गोताखोर, नौ वटा डुङ्गा र एक हेलिकप्टरको सहयोगमा शव निकाल्न र बेपत्ता पीडितहरूको खोजी र उद्धार कार्य सुरु गरेका थिए ।

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • ११९ पटक पढिएको
  • आज सेयर बजार बन्द रहने

    काठमाडौँ । सेयर बजार आज (शुक्रबार) बन्द हुने भएको छ। आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ। विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो। तर केही समयअघिदेखि शुक्रबार तीन घण्टाका लागि सेयर कारोबार खुल्ने गरेको थियो। फेरि असोजदेखि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ।

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • १०३ पटक पढिएको
  • सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको सामना गर्ने

    काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् ।आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् । उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् ।हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । त्यसअघि उनले क्यानलाई कान

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • १०९ पटक पढिएको
  • चितवनको एक दाना गोदाममा आगलागी, करिब डेढ करोडको क्षति

    चितवन । चितवनको एक कुखुराको दाना गोदाममा आगलागी हुंँदा डेढ करोड बराबरको क्षति भएको छ ।राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित किरण ओलीको मञ्जुश्री दाना उद्योगको गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राती १ बजेर ४० मिनेटको समयमा गोदाममा विद्युत सर्ट भई आगो लागेको र दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ बजेर २० मिनेटमा आगो नियन्त्रणमा आएको हो ।आगलागीबाट दाना बनाउन प्रयोग हुने मेशीन, बिजुलीका सामान,दाना लगायतका सामान डढेपछि डेढ करोड बराबरको क्षति अनुमान गरिएको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • ७० पटक पढिएको
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं । हाल मधेस प्रदेशका सप्तरी र बारा जिल्लामा ठूलो पानी परिरहेको छ । सामान्यतया २४ घण्टामा ५० मिलिमिटर पानी परे ठूलो वर्षा भएको मानिन्छ । एक घण्टामा नै सप्तरी र बारामा ३१ मिलिमिटर पानी परिसकेको र फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा मौसम बदली भइ पानी परिरहेको उनले बताए । उनका अनुसार बङ्गालको खाडीबाट जलवाष्युक्त हावा लगातारजसो नेपाल आइरहेकाले पानी परेको हो ।जलवाष्पयुक्त हावाको प्रभाव अहिले मधेस प्रदेशमा धेरै परेको छ । दिउँसो भने यसको प्

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • ८३ पटक पढिएको
  • बेलायती महारानी एलिजाबेथको निधन

    काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितियको निधन भएको छ। ९६ वर्षकी उनको निधन भएको राजदरबारले पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ।सात दशकसम्म गद्धीमा रहेकी महारानी एलिजाबेथ बेलायती राजपरिवारमा सबैभन्दा लामो समय सत्तामा रहने शासक हुन् । महारानी एलिजाबेथले स्थानीय समय अनुसार बिहीबार अपराहन्न बालमोरल कासलमा शान्तिपूर्ण रुपमा अन्तिम सास लिएको राजदरबारले जनाएको हो।राजकुमार चार्ल्स अन्तिम समयमा आमा अर्थात महारानीको छेउमा उपस्थित रहेको जनाइएको छ। महारानीको स्कटिस हाइल्याण्डमा रहेको कासलमा निधन भएको हो ।एलिजाबेथ सन् १९५२ को फेब्रुअरी ६ मा महारानी बनेकी थिइन् । ७३ वर्षका चार्ल्स अ

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • ११७ पटक पढिएको
  • २०७९ भाद्र २४ गते शुक्रबारको राशिफल

    मेष । चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ पनि रहनेछ । वृष । नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ । मिथुन । आज समग्रमा आजको समय मध्यम खालको रहेको छ । आफ्नै कार्यबाट मन सन्तुष्ट नहुनसक्छ, नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ । कर्कट । आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ, तर उपहार प्राप्त हुनसक्छ । सिंह । बुद्धि र विवेकको प्रयोग गर्न सके आज

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • १३३ पटक पढिएको
  • राष्ट्रिय टीमबाट सन्दीप लामिछाने निलम्बित

    काठमाडैं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने राष्ट्रिय टीमबाट निलम्बनमा परेका छन् । बलात्कार आरोपमा जाहेरी परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको हो ।  ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ’, क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जारी गरे

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ११८ पटक पढिएको
  • चलचित्र संघले सोमबार देशभरका हल बन्द गर्ने

    काठमाडौं । चलचित्र संघले सोमबार हल बन्द गर्ने भएको छ। आज बसेको कार्यसमितिको बैठकले सोमबार सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले बताए। उनले भने ‘चलचित्र प्रदर्शकहरुलाई चौतर्फी आक्रामण भैरहेको र व्यवसाय नै संकटमा परेको भन्दै यस्तो निर्णय गर्न बाध्य भएका हौं, प्रदर्शकहरुलाई हिन्दी चलचित्रको मतियार जसरी व्यवहार गरिएको र सरकारले पनि कुनै मागको सुनुवाई नगरेका कारण सोमबार सांकेतिक रुपमा एक दिन हल बन्द गर्ने निर्णय गरेका छौं ।’  उनले आफुहरुको माग सुनुवाइ नभए अनिश्चितकालीन हड्ताल गर्ने बताए।

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • १३९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल