काठमाडौं । चलचित्र संघले सोमबार हल बन्द गर्ने भएको छ। आज बसेको कार्यसमितिको बैठकले सोमबार सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले बताए।
 
उनले भने ‘चलचित्र प्रदर्शकहरुलाई चौतर्फी आक्रामण भैरहेको र व्यवसाय नै संकटमा परेको भन्दै यस्तो निर्णय गर्न बाध्य भएका हौं, प्रदर्शकहरुलाई हिन्दी चलचित्रको मतियार जसरी व्यवहार गरिएको र सरकारले पनि कुनै मागको सुनुवाई नगरेका कारण सोमबार सांकेतिक रुपमा एक दिन हल बन्द गर्ने निर्णय गरेका छौं ।’ 
 
उनले आफुहरुको माग सुनुवाइ नभए अनिश्चितकालीन हड्ताल गर्ने बताए।