भोजपुर । भोजपुरमा सडकको मर्मत–सम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् ।कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मत सम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ । पहिलो चरणमा जिल्लाको मुख्य सडकमार्गका रूपमा रहेको भोजपुर–टक्सार–कोटडाँडा–पिखुला–डढुवा सडकको २१ किलोमिटर क्षेत्रमा मर्मतसम्भारका लागि दश जना हेरालु राखिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।हेरालुहरूलाई दश खण्डमा विभाजन गरेर सडक मर्मतसम्भारको काम सुरु गरेका पूर्वाधार कार्यालय प्रमुख राजनराज रे
दिक्तेल । दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमो काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा तोडफोड भएको छ । बीपी राजमार्ग अन्तर्गत पात्लेखेतमा विपरीत दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरूले बाटो नछोडेको भन्दै तुवाचुङ मारातिका यातायात प्रालि खोटाङको ना १ज ६१७२ नम्बरको टाटा सुमोमा ढुंगामुढासहित तोडफोड गरेका हुन् ।घटनापछि सार्वजनिक भिडियो क्लिपका आधारमा यात्रु लिएर काठमाडौं जाँदै गरेको सुमो तोडफोड गर्ने नौ जनालाई अहिले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।‘घटना बेलुकाको हो । पक्राउ परेकाहरूलाई कार्यालय ल्याउन
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनीतिक दलका निर्वाचनमा कति मत प्राप्त गर्नुपर्ने भनेर थ्रेसहोल्ड राख्न नहुने बताएका छन् । हालको थ्रेसहोल्ड अझ बढाउन लागिएको भन्दै उनले आपति जनाएका छन् ।नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्ने अध्यक्ष राउतको मत छ । सबै वर्ग, समुदाय र क्षेत्रले कम्तीमा आफ्ना समस्या सदनमा राख्न पाउनुपर्ने र यसअनुसार ऐन-कानून बन्नुपर्ने उनलाई लाग्छ । उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘सबैले आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सकोस् ।’तर यस विपरीत सरकार अगाडि बढ्
इटहरी । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । आज (बिहीबार) बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरेको हो । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।मोरङ रङ्गेली नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत
विराटनगर - गृह मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई मोरङको प्रमुख जिल्ला अधिकारी (सिडियो)को रूपमा नियुक्त गरेको छ। यादव यसअघि गृह मन्त्रालयमै कार्यरत थिए।यसअघि मोरङका सिडियो रहेका प्रेमप्रसाद भट्टराईलाई मन्त्रालयमा फिर्ता बोलाइएको छ। भट्टराईले २०८० पुस २ देखि २०८१ पुस २३ सम्म मोरङको सिडियो भएर काम गरेका थिए। आफ्नो कार्यकालमा उनले कुशलतापूर्वक काम गर्दै सेवाग्राहीहरूको प्रशंसा कमाएका थिए।सहसचिव इन्द्रदेव यादव यसअघि सुनसरी, महोत्तरी, इलाम र चितवनका सिडियोको रूपमा काम गरिसकेका छन्। सिरहा जिल्ला पुख्र्यौली घर भएका यादव हाल विराटनगर महानगरपालिकाको वडा नं. ४ मा स्थायी बसोबास गर्दै आएका छन्।इन्द्रदेव
कोशी प्रदेश सरकारले सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीलाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ । केही दिनअघि प्रदेश सरकार आफैले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति बनाएको थियो । समितिले काम थाल्नु अघि नै सरकारले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । मंगलबार सरकारले यो निर्णय लिएको हो ।मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार प्रदेश सहकारी ऐनको दफा ८४ को उपदफा (२) मा सरकारले समस्याग्रस्त सहकारीलाई संकटग्रस्त घोषणा गर्ने अधिकार भएको र त्यसरी संकटग्रस्त घोषित सहकारीको व्यवस्थापन सरकारले भर्खरै गठन गरेको समितिले गर्ने जानकारी दिएका छन् ।अम्बे कोशीका सञ्चालकहरूले बचतकर्
नेपालगञ्ज । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताए । उनले भने, ‘चिसो र शीतलहरबाट प्रभावित भएका नागरिकलाई जोखिमबाट बचाउन कम्बल भण्डारण गरेर राखिएको छ ।’ बाक्लो हुस्सु र शीतलहरले जन
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने समेत आरोपी रहेको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपीहरूको तर्फबाट बहस सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस १६ गते शुरू भएको थुनछेक बहसको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको बहस अन्तिम चरणमा पुगेको छ ।आजै जाहेरवालाका तर्फबाट जवाफी बहस शुरू भएको छ । सरकारी वकिलको जवाफी बहस भने भोलि हुने जिल्ला अदालतले जानकारी दिएको छ । बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ । अब भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सम्भवतः भोलि नै
काठमाडौं । आइटी कम्पनी एफ–वान सफ्टको ‘सिष्टम ह्याक’ गरी सिटिजन्स बैंकको खाताको साढे तीन करोड चोरी गरेको घटनामा संलग्न नौं युवालाई धरौटीमा छाड्न आदेश भएको छ । आज (बुधबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले नौं जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो ।राहुल ठाकुर र पुरूषोत्तम शाहसँग ५ लाख, दिपक थापामगरसँग ५० हजार, कमल थापा मगरसँग दुई लाख, त्रिगुणरत्न बज्राचार्य, कृष्णा रमन राउत, संजिवकुमार शर्मा, सन्देश राई र सागर कुमार साहसँग जनही एक लाख धरौटी माग गरेको हो । उनीहरूको बैंक खाता प्रयोग भई त्यस खातामार्फत रकमान्तर भएको देखिएको थियो । साइबर ब्युरोले यस घटनामा अनुसन
इटहरी । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गरेको छ । आज (बुधबार) अदालत हाजिर भएकी कोइरालाको थुनछेक बहसपछि मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनलाई थुनामा बस्नु नपर्ने गरी १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा जोडिएकी अञ्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् । सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास