All Posts By इटहरी खबर संवाददाता

    Showing ३,०११-३,०२० of ३,०८७ items.
  • देशभर आज थप ७८१ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्‍यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परीक्षणका क्रममा ४ सय १९ जना र २ हजार ४ सय २२ एन्टीजेन परीक्षणका क्रममा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म देशमा कोरोनाका कारण ११ हजार ९ सय ८४ जनाको मृत्यु भइसकेको छ ।त्यस्तै थप ५ सय ११ संक्रमित निको हुँदा हालसम्म देशमा ९ लाख ७४ हजार ८ सय ६ जना निको भएका छन् । हाल देशमा ५ हजार ७ सय ७५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको

    • प्रकाशित मितिः साउन २७, २०७९
    • ११२ पटक पढिएको
  • फेरी बढ्यो सुनको मूल्य

    काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ स्थिर छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको छ । 

    • प्रकाशित मितिः साउन २७, २०७९
    • ९० पटक पढिएको
  • वीरगञ्जमा घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पर्सामा एक पुरुष पक्राउ परेका छन् ।पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिएका छन् । दिनेशले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान ४ बजे वडा प्रहरी कार्यालय श्रीपुरमा सूचना आएको र त्यसपछि श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।मृतकको शव जाँच प्रकृति मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठा

    • प्रकाशित मितिः साउन २७, २०७९
    • ५९ पटक पढिएको
  • अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश

    काठमाडौं । नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान एक कार्यक्रमकाबीच उनी काँग्रेसमा प्रवेश गरेका हुन् ।मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा उनलाई गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँणले पार्टीमा स्वागत गरे । खाँणले उनलाई तरुण दलको सदस्यताको पत्र पनि दिए ।लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर आफू यसमा प्रवेश गरेको अभिनेता शाहीले बताए ।  उनले ‘द्रव्य’, ‘सौर्य’, ‘हँसिया’, ‘ठमेल डटकम’, ‘हाउ फन्नी’, ‘वीर विक्रम’, ‘कमलेको बिहे’, ‘कृ’, ‘हुर्रे’, ‘लिलीबिली’, ‘पुरानो बुलेट’लगायत दुई दर्जन बढी चलचित्रमा अभिन

    • प्रकाशित मितिः साउन २७, २०७९
    • १३५ पटक पढिएको
  • यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

    काठमाडौं । मनसुनी प्रणाली सक्रिय नभएकाले आज हल्का मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् वरुण पौडेलका अनुसार आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशमा खासै पानी पर्ने सम्भावना छैन ।भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । वाग्मती र प्रदेश १ का केही ठाउँमा भने भोलि ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ । पर्सि भने मनसुन फेरि सक्रिय हुने अनुमान छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार पर्सि प्रदेश १, वागम्ती, गण्डकी र सुदूरपश्चिम प

    • प्रकाशित मितिः साउन २७, २०७९
    • ६९ पटक पढिएको
  • झापामा बसको ठक्करबाट पैदलयात्री मृत्यु

    झापा । झापाको मेचीनगरमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।वागमती प्र ०३ ००१ ख १६०२ नम्बरको बसले बिहीबार बिहान मेचीनगर नगरपालिका ६ स्थित सडकमा ठक्कर दिँदा सोही ठाउँका चेतनाथ फुँयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।   बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका फुयाँलको बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो।बस र बसका चालक गौरिगन्ज गाउँपालिका ४ का २४ वर्षीय प्रकाश कार्कीलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टाले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २७, २०७९
    • ६५ पटक पढिएको
  • यस्ता छन् क्वाँटी खानुका फाइदा

    काठमाडौं । जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ ।क्वाँटीमा मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।वर्षाको बेला पानीमा भिज्दै काम गर्दा शरीर कमजोर हुने र चिसो लाग्ने भएकाले वर्षा सकिने यो बेला शरीरलाई चिसोबाट बचाउन र शरीरलाई शक्ति मिलोस् भनेर क्वाँटी खाने गरिएको हो । डाक्टरहरुका अनुसार क्वाँटी स्वस्थकर र पोषि

    • प्रकाशित मितिः साउन २७, २०७९
    • १२१ पटक पढिएको
  • आज जनै पूर्णिमा तथा रक्षा बन्धन मनाइँदै

    काठमाडौं । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा तथा रक्षाबन्धन । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । तराई क्षेत्रमा आज रक्षा बन्धन मनाइन्छ । दिदीबहिनी

    • प्रकाशित मितिः साउन २७, २०७९
    • ९४ पटक पढिएको
  • तनहुँमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते

    तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत जिल्लाको म्याग्दे गाउँपालिका ३, धयरेस्थित सम्धी खोलाको पुलमा माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।  बिहीबार बिहान सबा ९ बजेतिर दमौलीबाट पोखरातर्फ आउँदै गरेको बा ४ ख  ९९९९ नम्बरको माइक्रो बस अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।दुर्घटनामा परी चालकसहित ७ पुरुष र ७ महिला गरी १४ जना यात्रुहरु घाइते भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार घाइतमध्ये पाँच जनालाई मणिपाल अस्पताल पोखरा पठाइएको छ ।उनीहरुको अवस्था मध्यम रहेको खड्काको भनाइ छ । अन्य घाइतेहरुको रत्

    • प्रकाशित मितिः साउन २६, २०७९
    • ६७ पटक पढिएको
  • गुजरातको कुकुर २२ बिघा जग्गाको मालिक

    नयाँ दिल्ली । भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुनै मानिस नभइ कुकुर भएको बीबीसी समाचारमा उल्लेख छ। गुजरातको बनासकांठा जिल्लाको पालनपुर तालुकको कुस्कल गाउँका कुकुर करोडपति कुकुर हुन्। बाहिरबाट गाउँ प्रवेश गर्दा सबभन्दा अघि नै २२ बिघाको सो जमिन देखिन्छ । यो जग्गाको अनुमानित लागत ५ करोड भारु रहेको छ । सो जग्गा कुकुरहरुकै लागी प्रयोग गरिने र सो स्थानलाई कुतरिया भनिने स्थानीय गमेरभाइले बताए। २२ बिघा जमिन नै कुकुरको नाममा भएकोले कुकुरलाई निकै धनी मानिन्छ। पूर्खाले नै कुकुरको लागि सो जमिन राखेका स्थानीय बताउँछन्। गाउँमा रहेको सो जमिनमा खेती गरिने र त्यहाँबाट आएको आम्दानीले कुकुरलाई खर्

    • प्रकाशित मितिः साउन २६, २०७९
    • ३६९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल