झापा । झापाको मेचीनगरमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
वागमती प्र ०३ ००१ ख १६०२ नम्बरको बसले बिहीबार बिहान मेचीनगर नगरपालिका ६ स्थित सडकमा ठक्कर दिँदा सोही ठाउँका चेतनाथ फुँयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका फुयाँलको बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो।
बस र बसका चालक गौरिगन्ज गाउँपालिका ४ का २४ वर्षीय प्रकाश कार्कीलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टाले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















