तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत जिल्लाको म्याग्दे गाउँपालिका ३, धयरेस्थित सम्धी खोलाको पुलमा माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 
 
बिहीबार बिहान सबा ९ बजेतिर दमौलीबाट पोखरातर्फ आउँदै गरेको बा ४ ख  ९९९९ नम्बरको माइक्रो बस अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी चालकसहित ७ पुरुष र ७ महिला गरी १४ जना यात्रुहरु घाइते भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

उनका अनुसार घाइतमध्ये पाँच जनालाई मणिपाल अस्पताल पोखरा पठाइएको छ ।

उनीहरुको अवस्था मध्यम रहेको खड्काको भनाइ छ । अन्य घाइतेहरुको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।